back
CTIZAN AD

निर्बन्ध–काव्य सिर्जनामाथि विमर्श सम्पन्न

वि.सं.२०८२ चैत २१ शनिवार

789 

shares

वालिङ, स्याङ्जा । युवाकवि मिलन समीरकृत नवीनतम निर्बन्ध–काव्य सिर्जना ‘म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु’ माथि केन्द्रित रहेर गरिएको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७औँ वर्षोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको आयोजना वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले गरेको थियोे ।
उक्त कार्यक्रम अभियानको ४० औँ पाइला अर्थात् शृङ्खलाको रूपमा रहेको थियोे ।
स्याङ्जाली साहित्यको इतिहासमै यसरी फुटकर रचनामाथि केन्द्रित रहेर गरिएको विमर्श कार्यक्रम यो नै पहिलो हो । निर्बन्ध–काव्य सिर्जना “म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु“ माथि विमर्श कार्यक्रम सोमवार अपरान्ह वालिङ–६, मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न गरिएको थियोे ।

विमर्श कार्यक्रम अनौपचारिक रूपमा आयोजना गरिएको थियोे । कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रस्तुत निर्बन्ध–काव्य सिर्जनाका स्रष्टा युवाकवि मिलन समीर, वक्ताहरु अभियानका संस्थापक अभियन्ता शम्भु अर्याल, युवराज सुवेदी र वसन्त खनाल तथा अभियन्ता पारिश्वर न्यौपानेले प्रस्तुत निर्बन्ध–काव्य सिर्जनामाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी साहित्यप्रेमी व्यक्तित्वहरुले नवीनतम निर्बन्ध– काव्य सिर्जनारम्भ भएकोमा खुशी प्रकट गर्दै शुभकामना व्यक्त गरेका थिए ।

करादीखोला, स्याङ्जामा जन्मिएका मिलन समीर हाल वालिङमा रहेर सिर्जनशील कर्ममा विशेष सक्रिय छन् ।
साहित्यिक अभियन्ताको पहिचान बनाएका सशक्त युवा स्रष्टा मिलन समीरका गाउँमा साइरन बजेपछि (कविता सङ्ग्रह–२०६९), प्रिय दुश्मन (शृङ्खला कविता– २०७९), मिलन समीर र मिलन समीरहरु (शृङ्खला कविताहरु– २०८०) र मिलनमन्त्र (मायालु मुक्तकहरु– २०८०) लगायतका एकल र संयुक्तरूपमा थुप्रै कृतिहरु प्रकाशित छन् ।

थुप्रै साहित्यिक कृतिको सम्पादन गरिसकेका मिलन समीर स्थानीयदेखि राष्ट्रियस्तरका महत्त्वपूर्ण पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेका छन् ।

वि.सं.२०८२ चैत २१ शनिवार ०७:२३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...