शालिकराम आचार्य, ओमान । नेकपा माओवादी केन्द्रका नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ (प्रकाश) ओमान आउँदै छन् ।
नेता श्रेष्ठ जनप्रगतिशील मंच ओमानको आगामी ७ जुलाईका दिन हुन लागेको अधिबेशनका लागि ओमान आउन लागेका हुन ।
नेता श्रेष्ठको साथमा विदेश बिभागकी सदस्य सुशान कर्माचार्य तथा युवा गायक नवीन खड्का पनि आउंदै गरेको कार्यक्रमको प्रचार–प्रसारमा व्यस्त रहेका तुला गिरीले जनाकारी दिएका छन ।

प्रथम एकताको अधिवेशन र सम्मेलन भनेर प्रचार गरिएको कार्यक्रमका लागि ओमानम रहेका सबै नेपालीहरु उस्साहित भएको पाइएको छ ।
‘संसारका मजदुर एक हौं ,अन्यायका बिरुद्धमा एकताबद्ध हुने हाम्रो संकलप, देश बिकास अनि समृद्धीका लागि आर्थिक क्रान्ति नै आजको विकल्प’ भन्ने कार्यक्रमको मुलनारा रहेको छ । कार्यक्रम अलरिफ होटेल गुब्रामा हुने आयोजकले जनाएको छ ।
वि.सं.२०७४ असार १५ बिहीवार ०५:५३ मा प्रकाशित



























