back
CTIZAN AD

अमेरिकाको फिल्म फेस्टिभलमा रमेश राईको ‘माई प्रमिस’

वि.सं.२०७४ असार १७ शनिवार

1.1K 

shares

promisनायक तथा निर्माता रमेश चन्द्र राई ‘माई प्रमिस’ लिएर न्युयोर्क पुगेका छन् । नेपाली फिल्म क्षेत्रमा विगत १२ वर्ष देखि निरन्तर लाग्दै आएका रमेश राई ‘माइ प्रमिस’ लिएर अमेरिकाको न्युर्योक पुगेका हुन् ।

सन् २००५ मा न्याउली म्युजिक भिडियोबाट फिल्म क्षेत्रको यात्रा सुरु गरेका रमेश राईले दर्जन भन्दा बढी भिडियो तथा ‘आरम्भ’ नामक एकल भिडियो, ‘फर्चुन अ लाइफ’ मुभीमा डेव्यु गरेका राईको ‘माई प्रमिस’ सुरज सुब्बा नाल्बोले डाइरेक्सन गरेका छन् ।
‘माइ प्रमिस’ व्यवसायीकरुपमा स्थापित बनाउँदै लगेका राई आगामी दिनमा आउने ‘जिग्री’को तयारीमा रहेको बताएका छन् । उनले अमेरिकामा भइरहेको नेपाली फिल्म फेस्टिभलका लागि अमेरिकाका विभिन्न संघ संस्था तथा सम्बन्धीत निकायसँग सहकार्यका लागि व्यस्त भएको बताएका छन् ।
ग्रीन इन्टरनेशन क्लब नेपालको अध्यक्ष समेत रहेका राई निकट भविष्यमै आउन लागेको मेङ्ग हाङ्ग फिल्मस कम्पनी न्युयोर्कको व्यानरमा आउन लागेको ‘रैतीको राजा’ नामक फिल्ममा मुख्य भूमिकाका लागि प्रोड्युसर सुरज नाल्बोसँग सम्झौता भइसकेको पनि जानकारी दिएका छन् ।
न्युयोर्कमा रहेका राईले युनाइटेड किराँत राई अर्गनाइजेशन न्युयोर्कको कार्यक्रमहरुमा पनि सहभागीता जनाइरहेका छन् ।
नेपाली चलचित्र संघ, नेपाल कलाकार संघको आजीवन सदस्य रहेका राई भविष्यमा फिल्म उद्योगलाई सकारात्मक परिवर्तनसहित सफलताको उचाइमा पु¥याउनका लागि सदैव लागि पर्ने बताएका छन् ।

यसभन्दा अगाडि मई २० का दिन क्विन्सको ज्याक्सन हाइटमा प्रर्दशन भइसकेको माइ प्रमिस’ दोश्रो सो अमेरिकाको न्युर्योकमा जुलाई ९ का दिन दिउँसो ३ बजे 400876 street, Elmhurst NY 11373 मा प्रर्दशन गरिने पनि राइले जानकारी दिएका छन । साथै राईले ‘माइ प्रमिस’ हेरेर नेपाली फिल्मलाई माया गरिदिन तथा जीवन्त बनाइदिनका लागि न्युर्योकवासीहरुको उपस्थिति अविस्मरणीय रहने भन्दै सबैलाई उपस्थित भइदिनपनि अनुरोध गरेका छन् ।
विभिन्न बाध्यता र विवषताले दलालको भर परेर सिंगापुर लगायतका देशमा पुगेर दुःख पाएका नेपालीको जीवनकथामा आधारित रहेको माइ प्रमिस अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन गर्दै युरोप र खाडीका देशमा रहेका नेपालीहरुका माझ पनि प्रदर्शन गरिने राईले थप जानकारी दिएका छन् ।

वि.सं.२०७४ असार १७ शनिवार ०८:३७ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...