back
CTIZAN AD

एकबारको मनवजुनीमा भेडा पो भइएछ ब्रो !

वि.सं.२०७४ भदौ ५ सोमवार

924 

shares

khagendra sangroula
जीवन के हो ? नित्य जीवन सामु उठिरहने प्रश्न । जबाफमा बुद्धिमान कार्ल माक्र्सले भनेथे— जीवन संघर्ष हो । यसो हेर्दा कुरा ठीकै हो । पलपलको संघर्ष, अविराम संघर्ष, जन्मको क्षणदेखि मृत्युको क्षणसम्म अटुट संघर्ष । जीवनमा वाधा–व्यवधानरहित क्षण हुँदैन भने पनि हुन्छ । यत्ति हो—कुनै वाधा–व्यवधानको गाँठो फुकाउन सजिलो हुन्छ, कुनैको गाह्रो । जीवन–संघर्ष भन्नु नै यिनै गाँठा फुकाउन गरिने यत्न न हो । नतिजा जे हात लाग्छ, जीवनको परिस्थिति र प्रयत्न निर्मित नियति त्यही नै हो ।

यो अड्बाङ्गे, यो अघोरी, यो बन्धुद्वेषी जनजनको बाटो छेक्छ । बाटो छेक्ने यसको ढ्याके देहले नीतिकथाको खस्रे भ्यागुत्ताको याद दिलाउँछ । त्यो खस्रे जो अहङ्कारको पुञ्ज थियो । त्यो खस्रे जो घमण्डले मैमत्तभई फुलाउँदा–फुलाउँदै भुँडी फुटेर फुस्स म¥यो । त्यो खस्रे जो लोककाबाल–बृद्ध–बनिता सबैका जिब्रामा मैमत्त अहङ्कारको अनुपम उदाहरण बनेको छ ।

हाम्रो राजनीतिक रङ्कमञ्चमा हाल अजीवको एक पात्र उपस्थित छ । यो पात्र अजीवको औतारमा एक मनोवृत्तिको बाहक हो, एक प्रवृत्तिको बाहक । विचित्रका विशिष्टताहरूको बाहक । अर्थात् अडबाङ्गे, मूढाग्रही, क्रोधी, दम्भी, विग्रहकारी, बन्धुद्वेषी, बतासे एवं चरम् दुःखबद्र्धक । जताजाऊ, यो अड्बाङ्गे बाटो छेक्छ । अहंकारपूर्ण स्वरमा ऊ भन्छ— मेरा पिर्ता–पुर्खा बुद्धिमान र शूरवीर । केवल मेरा पिता–पुर्खा । यो देश मेरा पिता–पुर्खाका पौरखको उपज । केवल मेरा पिता–पुर्खाको । मेरा पिता–पुर्खाको भाषा उत्तम । केवल मेरा पिता–पुर्खाको । मेरा पिता–पुर्खाको वर्ण, भेष र धर्म अब्बल दर्जाको । केवल मेरा पिता–पुर्खाको । मेरो पिता–पुर्खाको उद्गम पवित्र । केवल मेरा पिता–पुर्खाको । मेरा पिता–पुर्खा प्रातःस्मरणीय, नमनीय, वन्दनीय एवं पूजनीय । केवल मेरा पिता–पुर्खा । तसर्थ अरुअरुका पिता–पुर्खा मेरा पिता–पुर्खापछि दुई नम्बरका । तिनको भाषा मेरा पिता–पुर्खाको पछि दुई नम्बरको । तिनको वर्ण, भेष, धर्म मेरा पिता–पुर्खाको पछि दुई नम्बरको । तिनको बसोबासको भूगोल दुई नम्बरको । तिनको पहिचान दुई नम्बरको । सारमा तिनको हैसियत नै दुई नम्बरको ।

यसो भन्छ अजीवको बाटो छेकुवा यो जीव । र, हुङ्कारफुङ्कार गर्दै लघु हिटलरी मुद्रामा यो हैकमजारी गर्छ— त्यस्ता पिर्ता–पुर्खाको दुर्लभ सन्तति म । म त्यस्तापिता–पुर्खाको अब्बल उत्तराधिकारी । र, त्यस्तापिता–पुर्खाको बिंडो थाम्ने उदात्तदायित्व र कर्तव्ययुक्त म । तसर्थ म जे भन्छु, यस चौहद्दीका दुई नम्बरीहरूले मान्नैपर्छ । विनाप्रश्न, विना जिज्ञासा, विनाविवाद— चुपचाप, एकदम चुपचाप । जो प्रश्न गर्छ, जो जिज्ञासा प्रकट गर्छ, जो विवाद उठाउँछ, त्यो अवश्यै दण्डित हुन्छ ।

दम्भको घोडामा सवार भई यो पाङदुरे जीव भन्छ— म राष्ट्र निर्माताको सन्तति । म यो राष्ट्रको रक्षक । म राष्ट्रवादी नम्बर एक । तसर्थ म जे आज्ञा गर्छु, नम्बर दुईहरूले त्यसके पालना गर्नैपर्छ । जो पालना गर्दैन, भ भन्छु— त्यो राष्ट्रघाती हो । त्यो निन्दनीय छ, त्यो गोदनीय छ । गोदिन्छ ।

यसो भन्छ र यो अड्बाङ्गे, यो अघोरी, यो बन्धुद्वेषी जनजनको बाटो छेक्छ । बाटो छेक्ने यसको ढ्याके देहले नीतिकथाको खस्रे भ्यागुत्ताको याद दिलाउँछ । त्यो खस्रे जो अहङ्कारको पुञ्ज थियो । त्यो खस्रे जो घमण्डले मैमत्तभई फुलाउँदा–फुलाउँदै भुँडी फुटेर फुस्स म¥यो । त्यो खस्रे जो लोककाबाल–बृद्ध–बनिता सबैका जिब्रामा मैमत्त अहङ्कारको अनुपम उदाहरण बनेको छ । त्यो खस्रे जो आफ्नो अहंकारको आगोमा जलेर आपैmँ भष्म हुन्छ ।

यो अघोरी जीवका कतिपय कुरा यसो सुन्दा सतहमा सुन्दर प्रतीत हुन्छन् । तर अन्तर्यमा भने ती हुनुसम्म विषाक्त छन् । यो अघोरी अखण्ड नेपालको पैरबी गर्छ । अखण्डको धारणा वास्तवमा असुन्दर किमार्थ होइन । तर यस अघोरीका अनिष्टकारी अभिप्राययुक्त दुच्छर वचनमा विखण्डनको बिज लुकि बसेको छ । यो अघोरी एकै देशका मानवहरूलाई उच्च र तुन्छ, श्रेष्ठ र नीच, सुन्दर र कुरुप, ग्राह्य र त्याज्यमा विभाजित गर्छ । यो हठमार्गी तिनलाई आफ्ना र पराईमा चोइट्याउँछ । यो तिनलाई रैथाने माटोका मौलिक उपज र आयातीतमा चिरा पार्छ । यो तिनमा असमझदारी र तिक्तता, दूरी र दुर्भावनाको सिर्जना गर्छ । अनि यो नाथे तिनलाई जुधाउँछ र बैरभावपूर्ण कित्तामा फुटाउँछ ।

अतीतमुखी यो दोपायाहीन भावनाग्रस्त छ । आफ्नो पङ्गुपना, अक्षमता, अकर्मण्यता, पिछौटेपन र अप्राप्तिलाई ढाकछोप गर्न यसले दुईवटा बैरीको सिर्जना गर्छ । स्वदेशी बैरी र बिदेशी बैरी । र, यो ती बैरीलाई ताकेर उत्तेजक एवं आक्षेपकारी तीरहरू हानिरहन्छ । यो मनुवा आफ्नै देशबन्धुहरूका अनुहारमा हस्तक्षेपकारी बिदेशी देख्छ । आफ्ना देशबन्धुहरूका वचन एवं कर्ममा यो अतिक्रमणकारी बिदेशीको चलखेल देख्छ । र, कल्पित शुद्धता र सत्यताको पहाडी चुचुरोमा उभिएर यो जीव ऐलान गर्छ— तलको त्यो समतलभूमि मेरो हो, मेरा शूरवीर पुर्खाहरूको पौरख, मेरो गौरव । परन्तु त्यो भूमिका बासिन्दाहरू पारिका हुन्, दशगजा पारिका, पारि परचक्रीको अपवित्र भूमिका । म भन्छु— दर्प उम्लिएको बोलीमा यो हरिप ऐलान गर्छ,, मेरो भूमि अपवित्रकारी यी पारिकाहरू पारि नै जाउन् । जो जहाँको हो, ऊ त्यहीँ शोभनीय हुन्छ । जो जसको हो, ऊ उसैको समीपमा हुनु राम्रो हुन्छ । यसो भन्छ र यो नरद्वेषीजीव आफ्नै देशको चार किल्लाभित्र विखण्डनको खेती गर्छ । अरुलाई ऊ विखण्डनकारी देख्छ, विडम्बनावश ऊ आपैmँ विखण्डनको खेती गर्छ ।

झोँक्की मुद्रामा यदाकदा हक्की गणेशमान सिंह जनतालाई भेडा भन्थे । कहिलेकाहीँ त हो कि जस्तो पनि लाग्छ । यसो हेर्नु, एकथरी जनता विवेकशून्य र तर्कशून्य भेडाझैँ लाग्छन् । ती भेडामय मनोदशामा आँखा चिम्लेर यो विग्रहकारी जीवका विखण्डनकारी वचनका पछिपछि कुद्छन् । आखिर कतिदिन ? समयको क्रममा ढिलो–चाँडो अजीवको यस जीवको बन्धुपीडक राष्ट्रवादको विषाक्त रुप त नाङ्गेझार होला नै । अनि ? अनि हाम्रा भ्रमित ‘भेडाहरू’ लज्जाबोध गर्दै निहुरिएर भन्लान्— हैट्, पाइनसक्नु एकबारको मनवजुनीमा भेडा पो भइएछ ब्रो !

(प्रस्तुत लेख ऐक्यबद्धताको २०७४ को साउन अंकमा पनि पढ्न सकिन्छ ।

वि.सं.२०७४ भदौ ५ सोमवार ०४:२९ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...