back
CTIZAN AD

खेलमा खेलाडी जित्नकै लागि मैदानमा उत्रन्छ

वि.सं.२०७४ असोज २३ सोमवार

1.3K 

shares

dil-shrestha-candidate
दिल श्रेष्ठ, आइसीसी सदस्य
उम्मेदवार, एनआरएनए अमेरिकाज क्षेत्रीय उपसंयोजक

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१७–१९ कार्यकालका लागि एनआरएन आईसीसी सदस्य दिल श्रेष्ठले अमेरिकाज क्षेत्रको उपसंयोजक पदमा उम्मेद्वारी घोषणा गरेका छन । संघको यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुने आठौ विश्व सम्मेलन र नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनका लागि श्रेष्ठले अमेरिकाज क्षेत्रको उपसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

अमेरिकाको लसएन्जलसमा लामो समयदेखि ब्यवसायमा सक्रिय रहँदै आएका श्रेष्ठले नेपालमा शिक्षा क्षेत्रमा सहयोग गरेका छन् । उनले नेपालमा विद्यालय निर्माण, कम्प्युटर शिक्षामा सेवाले निरन्तर लागेका छन् । एनआरएन अमेरिकाको सहसचिव हुँदै आईसिसी सदस्य रहेका श्रेष्ठले ‘द ट्रिजन’ अमेरिकी चलचित्रका निर्देशकसमेत हुन् । संस्थामा रहँदा काम गरेको अनुभव र सामाजिक सेवामा खट्ने चाहनाका कारण आफले अमेरिकाज क्षेत्रको उपसंयोजक पदमा उम्मेद्वारी दिएको उनी बताउँछन ।

धादिङ्ग जिल्लाको कटुञ्जेमा जन्मेका श्रेष्ठ नेपालका विभिन्न जिल्लामा कम्प्युटर शिक्षा अभियानमा सक्रिय छन भने भूकम्पपछि विद्यालय पुनर्निमाणमासमेत उनले सहयोग पु¥याइरहेका छन् । एनआरएनए आठौँ विश्व सम्मेलनमा दिएको उम्मेदवारीका सन्र्दभमा अमेरिकाज क्षेत्रीय समितिको उपसंयोजकका उम्मेदवार दिल श्रेष्ठसँग संसारन्यूज डटकमले गरेको कुराकानी :
यहाँले एनआरएनए अमेरिकाज क्षेत्रको उपसंयोजकमा उम्मेदवारी दिनुभएको छ, यहाँले जित्ने आधार के छन् ?
विगत लामो समयदेखि अमेरिकाका विभिन्न संघसंस्थाहरुमा समाजसेवाका लागि सक्रिय छु । १३ वर्षदेखिको अमेरिकी बसाई, साथीभाइहरुको माया, सेवामा मेरो निरन्तरता र सेवा गर्ने चाह नै मेरो जित्ने आधार हुन् । किनकी म बोलिमा भन्दा बोलिमा भन्दा काममा विश्वास गर्दछु ।

व्यवसायमा संलग्न मान्छे समयको समायोजन कसरी गर्नुहुन्छ ?
व्यवस्थापन र चाहना जीवनको ठूलो कुरा हो । समयको व्यवस्थापनले सेवाभावलाई रोक्दैन । असम्भव के छ र, इच्छा भए ।

यहाँँ सामाजिक व्यक्तित्व पनि हुनुहुन्छ, समाजसेवालाई यहाँले कसरी परिभाषित गर्नुहुन्छ ?
प्रदेशमा दुःख गरेर बचत भएको समय र बेचेको केही अंश सामुदायिक हितमा समर्पण गर्नुलाई समाजसेवा भन्छु म । नाम र प्रचारका लागि भन्दा हित र उन्नतीका लागि गरिने प्रयासलाई समाजसेवा भनिन्छ जस्तो लाग्छ ।

पछिल्लो समय केही देशमा एनआरएनए भित्र विवाद र संघ भित्र बढ्दै गएको राजनीतिकरणलाई यहाँले कसरी हेर्नु भएको छ ?
संस्थामा सानातिना अल्झनहरु जता पनि हुन्छन् । एनआरएनए प्रवासी नेपालीहरुको छाता संगठन हो । यसभित्र सेवाकै लागि हुने विवाद ठूलो कुरो होइन, किनकी सबैको चाहना प्रवासी हितकरका लागि काम गर्ने न हो ।  व्यक्तिका फरक विचार हुन्छन् । निर्वाचनमा देखिने यस्ता धारले एनआरएनएभित्र राजनीतिकरण भएको छ म भन्दिन ।

सहमतिमा जानु पर्दा यहाँ आफ्नो उम्मेदवारी फिर्ता लिन सहमत हुनुहुन्छ ?
खेलमा खेलाडी जित्नका लागि मैदानमा उत्रन्छ । मैदानमा हुने सहमतिको खेल खेल अवधिमा नै थाहा हुन्छ । तर म सहमतिमा विश्वास गर्ने मान्छे हुँ ।

यहाँले जित्नु भयो भने प्रतिबद्धता के गर्न चाहनुहुन्छ ?
मैले अघि नै भने नि म बोलिमा भन्दा कार्ममा विश्वास गर्दछु । कागजमा प्रतिबद्धता प्रचार गर्नुभन्दा निर्वाचन भएपछि केन्द्र ल्याएका कार्यक्रमलाई सहयोग गर्नु नै मेरो प्रतिबद्धता हो र हुनेछ ।

एनआरएनए आईसीसीमा कस्तो नेतृत्व आवोस् भन्ने चाहनुहुन्छ ?
संस्थाभित्र प्रजातान्त्रिक तबरले निर्वाचित हुनुहुने वा सर्वसम्मत हुनुुहुने सबै उम्मेदवारहरु दक्ष र अनुभवि हुनुुहन्छ । सेवा र निरन्तरताको बल हुनुभएका उम्मेदवारहरुले जितोस् भन्ने चाहना त सबको हुन्छ नी होइन र ?

एनआरएनएको भावि कार्यनीति कस्तो हुनुपर्दछ भन्ने सुझाव दिनुहुन्छ ?
कार्यनीति केन्द्रीय कार्यसमितिले निर्वाचित भएपनि प्रस्तुत गर्ने खाका हो ।  पुनर्निमाण र लगानीका निरन्तरताले जन्मभूमिको हित हुने कार्यक्रमहरु आवोस् भन्ने कामना छ ।

dil-shrestha-1

dil-shrestha-2

वि.सं.२०७४ असोज २३ सोमवार ०९:३७ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...