back
CTIZAN AD

उत्तरमान तिगेला बने लन्डनका अनुभवी सोलिसिटर

वि.सं.२०७४ मंसिर २० बुधवार

1K 

shares

uttarman-tigelaलन्डन । युकेको युनिभर्सिटी अफ वेस्ट लण्डनबाट कानुन विषयमा माष्टर डिग्री प्राप्त गरे लगतै इंगलैंड र वेल्सका अदालतहरुमा कानुनी वकालत तथा ब्यबसाय गर्ने सोलिसिटर उत्तरमान तिगेला (लिम्बु) सोलिसिटर बन्न सफल भएका छन् ।
तिगेलाले युकेको वकिलहरुको नियामक संस्था सोलिसिटर रेगुलेशन अथोरिटीको परिक्षा पास गरि गत १ डिसेम्बर २०१७ देखि आधिकारिक रुपबाट सोलिसिटरका योग्यता प्राप्त गरेका हुन् । युकेमा सोलिसिटर बन्नको लागि कानुनमा माष्टर डिग्री अनिवार्य हुदैन तर तिगेलाले दुवै पूरा गरेका छन् । कानुनमा माष्टर डिग्री र सोलिसिटर बन्ने नेपालीहरु युकेमा खासै छैनन् । छथर गाउँ पालिका वडा नं ५, प्रदेश न १ मा जन्मिएका तिगेलाले तेह्रथुम ओख्रेको भगवती माध्यामिक बिद्यालयबाट बि सं २०४३ मा एसएलसी र धरानको महेन्द्र क्याम्पसबाट बि सं २०४९ मा कानुन र मानविकीमा स्नातक गरि बि सं २०५० देखि अधिबक्ताको ब्यवसाय शुरु गरेका थिए ।
त्रिभुवन विश्व बिद्यालय कीर्तिपुरमा अंग्रेजीमा स्नात्तकोत्तर गर्दागर्दै हंगकंग प्रस्थान गरेका तिगेलाले हंगकंगमा एक दशकभन्दा बढि ईमिग्रेसन तथा लिंगल कन्सल्टयान्सको रुपमा काम गरेका हुन । तिगेलाले सन् २००८ मा नेपाल नोटरी पब्लिक काउन्सिलको परिक्षा उत्र्तीण गरि पब्लिक नोटरीका काम समेत गर्दै आएका छन् ।
युकेको सोलिसिटर हुने सपना बोकेरै ६ बर्ष अघि सपरिवार हङकङबाट लण्डन टेकेका तिगेलाले लन्डनको ब्रनेल युनिभर्सिटीबाट कानुनमा पोस्ट ग्राजुयट डिप्लोमा र लण्डनकै युनिभर्सिटी अफ वेस्ट लण्डनबाट लिगल प्राक्टिस कोर्ष उत्तीर्ण गरि सोहि युनिभर्सिटीबाट भर्खर लिगल प्राक्टिस र स्नात्तकोत्तर समेत गरेका हुन । लण्डनको ह्यारो स्थित कोर्टनी स्मिथ सोलिसिटर फर्ममा सोलिसिटरको रुपमा कार्यरत तिगेलाले ईमिग्रेसन, घरजग्गा खरिद, ब्यवसाय र पारिवारिक घरझगडा, ईन्सुरेन्स लगायतको कानुनी सेवा पुरयाउदै आएका छन ।
युकेमा सोलिसिटर हुनको लागि कानुनमा ल डिग्री एलएलबी वा जिडिएल पुरा गरि १ बर्ष अनिबार्य प्राक्टिकल कोर्ष उत्तीर्ण गर्नुपर्ने हुन्छ र सो उत्तीर्ण पछि पुनः कुनै एक ल फर्ममा कम्तिमा २ बर्षको अनिबार्य ट्रेनीशीप पूरा गर्नुपर्दछ । युकेमा सोलिसिटर हुन चाहनेलाई कानुनी शैक्षिक योग्यता भन्दा पनि २ बर्षे ट्रेनिशीप चुनौती हुनेगर्दछ । र, सन् २०२० देखि सोलिसिटर्सको योग्यता सम्बन्धि अझै कठोर प्रावधानहरु आउने ब्रिट्रिस सरकारले जनाएको छ ।

वि.सं.२०७४ मंसिर २० बुधवार ०६:०२ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...