back
CTIZAN AD

चिरञ्जीवीको याचिका

वि.सं.२०७४ माघ १ सोमवार

714 

shares

अश्वत्थामा बलिव्र्यासो हनुमांश्च विभीषण ।
कृपस्परशुरामश्च सप्तएतै चिरजीवि ।।
“छ चिरञ्जीवहरू !”
व्यास वाणी
इतिहासकै जीर्ण आवाज थियो त्यो,
नैराश्यवेद !
व्यासले फेरि भने,
पुनः अर्को यज्ञको तयारी गर !
यसपल्ट, दण्कारण्यमा होइन
सर्वोच्च अदालतको प्राङ्गणमा ।
म सिबिल्लाको चीत्कार पनि सुनिरहेछु,
मिश्र देशबाट आएको ।
हनुमान, तिमी जाऊ,
उसलाई पनि लिएर आऊ उडाएर ।
ऊ कल्पौँदेखि दमास्कसको एक चोकमा
पानी पानी भनेर कराइरहेकी छे, सुनेनौ?
अस्वत्थामा, तिमीले बालक–हत्या ग¥यौ
र घाउ कमायौ ।
बेकार छ तिमीले अस्पताल धाउनु ।
डाक्टरहरू हडतालमा छन्, सुनेका छैनौ ?
हडतालमै नभए पनि, उनीहरू चीरञ्जीवीको उपचार गर्दैनन्,
तिमी चीरञ्जीवी भएको सन्देश
चिकित्साशास्त्रका लागि अशुभ कुरा हो ।
अनि जाबो एउटा घाउ
कहिल्यै निको नहुनु, चिकित्सा विज्ञानको उपहास हो ।
बलिराज, तिमीले केका लागि पाताल प्रवेस गर्‍यौ ?
विष्णुको साम्राज्यवादमा किन आफैँलाई बलि चढायौ ?
तिम्रो तपस्याले स्वर्ग हल्लिदा के हुन्थ्यो?
तिम्रो गमन पछि, पातालवासीको कथा
फेरियो फेरिएन ?
बलिराज, तिमीमाथि साम्राज्यवादलाई सघाएको आरोप छ ।
के भन्नु छ, सफाइमा ?
विभीषणको त म कुरै गर्दिनँ ।
उनीमाथि देशद्रोहको आरोप पुरानो हो ।
भगवानै भए त के भो ?
उनले आगन्तुकलाई साथ दिए
आफन्तलाई मात ।
“हनुमान, सिबिल्लालाई ल्यायौ ?
नमस्कार सिबिल्ला ।
मैले सुनेको थिएँ, तिमीले राजा जियसकहाँ गएर
मृत्युमाग्यौ ।
तर उनले दिएनन्।
हनुमान !
तिमीले मान्छेका लागि लङ्का जलायौ
मान्छेले तिमी बस्ने जङ्गल जलायो ।
तिमी मूक दर्शक बनिरह्यौ ।
तिमीमाथि कर्महीनताको आरोप छ ।
कृप गुरु,
तपाईंको धनुर्विद्याकै सिको गर्दै
मान्छेले मिसाइल बनायो ।
तपाईंमाथि पनि मुद्दा छ ।
र हामी सबैमाथि एउटा साझा मुद्दा छ –
हामीले आफ्नो अमरत्वलाई
खस्कदो मानवताको साक्षी बनायौँ,
सङ्कट आइलाग्दा धरतीमा, लुकेर बस्यौँ
सभ्यताले आकाश छोएर फेरि रसालतसम्म खस्कदा पनि
आफ्नो तपोबलको सौर्यले सिन्को भाँचेनौँ ।
अब त हामी
आफ्नै आयुदेखि अघाइसकेका छौँ ।
मैले फेरि कलम उठाएँ-
तर अब म वेद लेख्दिनँ ।
म लेख्छु एउटा रिट निवदेन
र भन्छु न्यायधीशलाई –
श्रीमान, हामीलाई थप बाँच्नु छैन संसारमा
हामीमाथि मृत्युदण्डको आदेश जारि गरिपाउँ ।
इति

वि.सं.२०७४ माघ १ सोमवार ०२:५५ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

कविता : बुद्ध विश्वास हो सच्चा

कविता : बुद्ध विश्वास हो सच्चा

कलानीधि दाहाल, रातोपुल, काठमाडौँ बुद्ध विश्वास हो सच्चा भित्रसम्म पुगी...

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...