back
CTIZAN AD

हिँड्दैछु म निरन्तर

वि.सं.२०७४ फागुन ६ आइतवार

675 

shares


गरेको छु नयाँ यौटा यात्रा मैले निरन्तर
पछ्याई मार्ग रेखा ती ताक्दैछु लक्ष्य सुन्दर

कतै हुुरी कतै हावा कतै बाढी र पत्थर
थकाइ भोक बिर्सेर हिँड्दैछु म निरन्तर

कहाँ हुन्थ्यो र यो चोला एकैनास सधैभरि
कहिले सित्तलै हुन्छ कहिले घाम बेसरी

शत्रुले हमला बोल्छ भत्काइ दिन्छ योजना
थामेर बज्र छातीमा हिँड्छु यौटै अठोटमा

चुडाई मुखको बल्छी बोकेर हातमा शर
झम्टिदो शिंह तर्केर हिँड्दैछु म निरन्तर

अनुष्टुप छन्द

इति

नेपालको  विराटनगरलार्इ कर्मथलो बनाएर तीन दशकदेखि निरन्तर साधना गरिरहनु भएका साहित्यकार हरि कट्टेलका छन्द कविता, कविता, गजल, मुक्तक, खण्डकाव्य अादि गरी अाधा दर्जन कृतिहरू प्रकाशन भएका पान्छन् । – सम्पादक

वि.सं.२०७४ फागुन ६ आइतवार ०४:५९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

कविता : बुद्ध विश्वास हो सच्चा

कविता : बुद्ध विश्वास हो सच्चा

कलानीधि दाहाल, रातोपुल, काठमाडौँ बुद्ध विश्वास हो सच्चा भित्रसम्म पुगी...

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...