आँखाको यो नानीभित्रै लुकी हेर प्यार हुन्छ
नजर मिलाई हल्का हाँस्दै झुकी हेर प्यार हुन्छ
सम्झनामा जतनगरी यौटा तस्विर सजाएर
हिँड्दाहिँड्दै एकपल्ट रुकी हेर प्यार हुन्छ
अलिअलि आश गर्दै छिटोछिटो सास फेर्दै
नजिक आई मुटुको ढुकढुकी हेर प्यार हुन्छ
विश्वासको पानाभित्र लेखिएको हाम्रो जीवन
आँधीबीच बलेको त्यो टुकी हेर प्यार हुन्छ
आँखाको यो नानीभित्रै लुकी हेर प्यार हुन्छ
नजर मिलाई हल्का हाँस्दै झुकी हेर प्यार हुन्छ
इति
वरिष्ठ गजलकार सुरेश वाग्ले गजल गृह नेपालका संस्थापक हुनुहुन्छ । उहाँ दुर्इ दशकदेखि नेपाली गजलको उन्नयनमा निरन्तर भूमिक्य हुनुहुन्छ । – सम्पादक
वि.सं.२०७४ फागुन ८ मंगलवार ०३:४६ मा प्रकाशित






























