back
CTIZAN AD

यो फुट्ने होइन, जुटने बेला हो

वि.सं.२०७३ फागुन १८ बुधवार

1.4K 

shares

ramkumar-shrestha,-australiaबिस्वका अधिकांश देशमा एकाध पार्टी हुन्छन । हाम्रो जस्तो सानो देशमा राजनीतिक पार्टी बर्षा यामका च्याउ जस्ता छन । बिकसित देशमा सांसद मात्रै नभएर सरकार प्रमुख अथवा राष्ट्र प्रमुख एकाध पटक भएपछी आफ्नै पुरानो पेशामा फर्कन्छन् अथवा एउटा अन्तराष्ट्रिय जिम्मेवारी अथवा सामाजिक कार्यमा लाग्छन । हामीकहाँ वडा अध्यक्ष भएका समेत “होल टाइम” राजनीति गर्ने जस्ता हुन्छन । राजनीतिमा लागेका ब्यक्तीहरु जीवनभर त्योभन्दा अरु पेशामा बिरलै लागेको पाईन्छ ।

देखिने आम्दानी केही नभए पनि अकूत संपत्तिको मालिक बन्दै राजनीतिलाई सबैभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरिरहेका छन । यस्ले दुई कुरा देखाउंछ १०० भन्दा बढी पार्टीका लाखौं नेता एबं कार्यकर्ता उत्पादनमूलक कार्यमा लाग्दैनन । पहिलो र दोश्रो, उनीहरु र उनीहरुका आसेपासे प्रत्यक्ष परोक्ष रुपमा राज्यको ढुकुटीमा र अन्य नदेखिने आय आर्जन कार्यमा हालिमुहाली गरिरहेका छन । यस्ले भ्रस्टाचारको बिकराल रुप देखाउँछ । प्रत्यक्ष परोक्ष रुपमा देशकै ढुकुटीबाट पोषित यस किसिमका अनाबस्यक नेता र कार्यकर्ताका कारण देश दिनानुदुन खोक्रो बन्दै जानु स्वाभाबिकै हो । शब्द, इकार र उकार जस्ता कारणले नयाँँ पार्टी जन्मने कार्य नेपालमा नौलो नभएकोले भएका सबै पार्टीहरु ध्रुबिकरण भएर बढीमा ४-५ वटा पार्टी भए काफी हुन्छ भन्ने आवाज उठाउँदै आएको छु ।

पार्टी धेरै भएर मात्रै प्रजातन्त्र हुने होइन । प्रजातन्त्रको अन्तत्वगत्वा एउटा मूलभूत उद्धेस्य भनेको देशलाई सबल बनाउनु पनि हो । त्यसमाथि अहिले नयाँ संबिधान बनिसकेको तर त्यस्मा अझै धेरै गर्न बाँकी छ र कार्यन्वयन गर्नु छ, भूकम्पका कारण ध्वस्त भएका कुराहरुको पुनस् निर्माण गर्नुछ, गरीबी र पछौटेपनाबाट मुक्ती दिनुछ । त्यसैले यो फुट्ने होइन जुटने बेला हो । ध्रुबिकरण भएर एउटा समाजबादी र अर्को प्रजातान्त्रिक र अन्य २-३ पार्टी भयो भने पनि यस्ले देशलाई गति दिने बातावरण तय गर्न सक्छ ।
हाम्रा राजनीतिकर्मीहरु बिरोधका लागि बिरोध गर्नुलाई नै राजनीतिको ठुलो धर्म र कर्म हो भन्ने जस्तो देखाइरहेका छन व्याबहारिक रुपमा किनकि उनीहरुमा ठोस योजना र त्यसलाई कार्य रुपमा रुपान्तरण गर्ने क्षमताको कमीको कारण आफ्नो गल्तीलाई ढाकछोप गर्ने बिकल्पको रुपमा यस्लाई प्रयोग गरिरहेका छन । आ-आफ्नो डम्फु आँफै बजाउँदै सबैले आफूलाई एक नम्बरको पार्टी हुने घोषणा गर्दै आफैद्धारा रुवाइएका जनतालाई हसाइरहेका छन ।
मैले नेपालमा श्रद्धा गर्ने थोरै ब्यक्तिहरुमा डा देबेन्द्र राज पाण्डे पनि पर्छन । आचार र बिचारमा सुधार ल्याउँदै गरिबीले ग्रस्त ग्रामीण भेकका जनताको जीवनस्तरमा सुधार ल्याउन प्रयासरत पूर्व मन्त्री एबं लोकदलका नेता नेपालको ग्रामीण बिकास अबधारणाका अभियन्ता पनि हुन जस्लाई कार्य रुपमा उतार्न एउटा सामान्य ब्यक्तिलाई जसरी उठाएर माथि पुर्याए, तिनै ब्यक्तिका कारण उन्को चरित्र हत्या समेत गर्ने काम मार्फत उनी कसरी अप्ठेरोमा पारिए र लोकदलमा कस्ता कस्ता ब्यक्तिका कारण यी सबै कामबाट कसरी टाँढिए, यी सबैलाई मैले नजिकबाट देखिरहेको र नियालिरहेको छु ।

यस्ले दुई कुरा देखाउंछ १०० भन्दा बढी पार्टीका लाखौं नेता एबं कार्यकर्ता उत्पादनमूलक कार्यमा लाग्दैनन । पहिलो र दोश्रो, उनीहरु र उनीहरुका आसेपासे प्रत्यक्ष परोक्ष रुपमा राज्यको ढुकुटीमा र अन्य नदेखिने आय आर्जन कार्यमा हालिमुहाली गरिरहेका छन । यस्ले भ्रस्टाचारको बिकराल रुप देखाउँछ । प्रत्यक्ष परोक्ष रुपमा देशकै ढुकुटीबाट पोषित यस किसिमका अनाबस्यक नेता र कार्यकर्ताका कारण देश दिनानुदुन खोक्रो बन्दै जानु स्वाभाबिकै हो ।

सिद्धान्त र आदर्शको पछाडि लागेर जनता संधै लखर लखर गर्ने अवस्था छैन अब । सिद्धान्तकै कुरा गर्ने हो भने “ब्यापक राष्ट्रिय दृष्टिकोणबाट बिभिन्न बर्ग र ब्यवसायको हितमा सामन्जस्यता ल्याइ एउटा प्रजातान्त्रिक, न्यायपूर्ण, गतिशील र शोषणरहित समाजको सिर्जना गर्नु पञ्चायत ब्यबस्थाको लक्ष हुनेछ ।” भन्ने सिद्धानतमा औंला ठड्याउने ठाउँ कहाँ देखिन्छ ररु मूल कुरा व्यबहार हो – सुबिचारको साथ साथै उपयुक्त आचार हो । भट्टी पसलमा झैं ठूला ठूला गूड्डी हाँकेर मात्र देश बन्ने भए संगै स्वतन्त्रता प्राप्त गरेका देशलाई टोपी खस्ने गरेर हेर्न पर्ने अवस्थामा हामी किन हुन्थ्यौं र ? एउटा सोंचलाई आधार बनाएर सयभन्दा बढी पार्टी भएको देशमा फेरि पार्टी खोल्नुको औचित्य के ?  पार्टी सफल हुन धेरै कुराको सम्मिश्रणको आवश्यकता पर्दछ जुन कुराको अभाबमा नेपालका पार्टीहरु असफल भैरहेका छन ।
सबैमा केही न केही बिशेष गुण र क्षमता होला, यस्को अर्थ के ? होइन भने उनीहरु सबैले पार्टी खोलुन । किनकि सफल रुपमा पार्टी सन्चालन कार्य भनेको धेरै कुराको सम्मिश्रण हो जस्को अभाबमा हाम्रा अनाबस्यकका सयभन्दा बढी पार्टीहरु असफल प्रायस् अवस्थामा पुगिसकेका छन । समानुपातिकको भर्याङ चढेर सांसद र मन्त्री बन्नकै लागि पार्टी खोल्ने भित्री उद्धेस्य हो भने कुरो अर्कै हो, नत्र अब पनि बोर्डिङ खोले झै पार्टी नै खोलेर बस्ने हो भने देशलाई थप बर्बादीतिर धकेल्नुभन्दा बढी केही हुने छैन । बौद्धिक जगतको ध्यान र दायित्व थप पार्टी खोल्नेतिर भन्दा पनि भएका पार्टीहरुलाई ध्रुबिकरण गर्नेतिर हुनुपर्छ भन्ने मेरो ठम्याइ हो ।

नोट: रविन्द्र मिश्रको नेतृत्वमा नयाँ दलको तयारीको सन्दर्भमा मेरो ब्यक्तिगत टिप्पणी ।

वि.सं.२०७३ फागुन १८ बुधवार ०३:५९ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...