back
CTIZAN AD

४५ हजार दर्शकको आकर्षक बन्यो नौमती बाजा युके

वि.सं.२०७५ असार १२ मंगलवार

660 

shares

बेलायत । गत १७ जुन दिन, केन्टस्थित शान्त सहर टनब्रिज । घमाइलो मौसम । सहरको दायाँबायाँ सडकमा रमिता हेर्न ४० भन्दा बढी समुदायका ४५ हजार जति एकत्रित थिए ।

’टनब्रिरज समर कार्निभल’ मा एउटा भिन्न आकर्षण थियो नौमती बाजा । प्रथम नौमती बाजा गुल्मी यूके समूहले त्यहाँ हालै नेपाली मौलिक धुन घन्काउँदा दर्शकहरुको ध्यान नखिच्ने कुरै भएन ।

अरू ब्यान्डभन्दा  नौमती बाजाले दर्शकमा रौनकता थपेको थियो ।  उक्त समूहका प्रमुख संयोजक ओमप्रसाद थापा हँसिलो मुद्रामा भन्दै थिए, ‘सडकमा लामबद्ध हजारौं जनाले नौमतीको तालमा रम्दै तालीले स्वागत गरिरहँदा नेपाली हुनुमा साँच्चिकै गर्व लाग्यो ।’

सेन्सवरी कार पार्कछेउ एकत्रित भएर नौमती समूहले करिब एक किमि मार्च पास गर्यो अन्य ब्यान्डसँगै । मेयर Mayor -Cllr Pam Bates र टनब्रीज लायन्स क्लब अध्यक्ष Lion president -Gordon Hill को मन नौमती बाजाले मन छोएको थियो ।

दर्जनौं प्रतिस्पर्धी ब्यान्डबीच नौमती बाजा समुह र नेपाली कम्युनिटी लाई यसबर्ष पनि  उनीहरुले दोस्रो स्थानको उपाधि प्रदान गरेका थिए । नौमती बाजाले यसअघि लगातार तीन वर्ष प्रथम स्थान आई ह्याट्रिक गरेको थियो ।  टनब्रिरज नेपाली कम्युनिटीको सहकार्यमा उक्त समूह सन् २०१० देखि नियमित सहभागी हुदै आएको छ ।

यसपालीको कार्निभलमा स्थानीय नेपाली समुदाय मौलिक वेशभूषा र नेपाली झन्डा तथा भूपू गोर्खाहरू मेडल गोर्खा ह्याट लगायर र आर्मी पोसाकमा ठाँटिएर मार्चिङमा सहभागी थिए । जसमा नेपाली कम्यूनिटी टनब्रिर्ज केन्टका अध्यक्ष लेप्टन मोहन राना, सचिव भेष थापा कोषाध्यक्ष याम गुरूड्ग मिडीया पि आर, दुर्गा बुढाथोकी साथै नेपाली समाज टनब्रिर्ज केन्टका महीला समुह अध्यक्ष श्रीमती मानु थापाको नेतृत्वमा दिदी बहिनीहरूको सामुहीक नाच र नवयुवाका अध्यक्ष बिकास रानाको नेतृत्वमा नानीहरूको टिपीकल नेपाली पोशाक, बाजा गाँजा लिएर सहभागी मार्चपासले सबैको मन तानको थियो ।

 

यसबर्ष भने ईण्डियन कम्यूनिटीको सामुहिक डान्स र ढोलक ब्याण्ड पहिलो पटक नौलो र रोचक पनि देखिएको थियो । त्यसैले गर्दा उनीहरू प्रथम हुन सफल भएका थिए ।

सोहिदिन नौमती समुहको लागी खानपिन निशुल्क प्रायोजन गोर्खा प्लानेट  रेस्टोरेण्ट पोप्राईटर दिनेश महर्जन, दियाराम गिरी केशब कराज गिरीले गरेका थिए ।

नौमती समुहका प्रमुख सयोजक ओम थापा काउचा, समुहका सयोजक तथा गुल्मी जिल्ला समाज युकेका उपाअध्यक्ष टोप पल्ली ,बिन भुजेल, लाल काऊचा, ठाम रोका, पदम गुरुङ, याम गलामी, केरि बिर बहादुर थापा, होमलाल राना, ईन्द्र थापा थिए  ।

बेलायतका कुना–कुनासम्म नेपाली संस्कृतिलाई प्रवद्र्धन गरिरहेको छ प्रथम नौमती बाजा गुल्मी युके समूहले ।

सम्मिलित टिम केहीअघि अल्डरसट फान्ब्रो नेपालीहरूको स्थानीय साझा संस्था ग्रेटर रशमूर नेपाली कम्युनिटि, नयाँ युवा समेतको साझेदारी ९ जुन को दिन भिक्टोकीया डेमा प्रथम स्थान आउन सफल भएको थियो भने बिभिन्न ठाउमा नेपाली कम्युनिटीहरू तथा  अन्य समुदायसँगको सहकार्यहरूमा पनी सहभागी बनेको पाइन्छ ।

आउँदो जुलाई ७ दिनमा बेलायतकै गोर्खा रेजीमेन्टहरूको मुख्य आकर्षण नेपाल कप साथै काठमाण्डू कप तथा गोर्खाभेलाको दिन पनी सहभागीता जनाउनको निम्ती भब्य तयारी गरेको बताइएको छ ।

करिब लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको लन्डन मेला २०१८ मा सहभागी हुने तयारीमा छ । ‘हरेक कम्युनिटी प्रोग्राममा निःशुल्क सहभागिता जनाइरहेका छौं,खÞाली याता जलपान मात्र सानो सुल्क लिने गर्दछौ ।

समूहका प्रमुख संयोजक थापाले भने, ‘यहाँ मौलिक कलासंस्कृति प्रचार गर्न पाउनु  तथा नेपालको निम्ती केही भए पनी पर्यटन प्रवधनमा टेवा पुराउनु नै हाम्रो  सफलता हो ।’

त्यस्तै गुल्मी जिल्ला समाज युकेसँग सहकार्य गर्दै नेपालका आशा अपाङ्ग केन्द्र तमम्घास नेपालमा आर्थिक संकलन गर्दै नेपालका अंपाग तथा असहायहरूलाई  सहयोग पनी गर्दै आएको छ ।

उक्तदिन सदा बर्षहरूमा जस्तै रोयल बिर्टिश लिजनको निम्ति स्थानीय लायनस क्लब, रोयल बिट्रिश लिजनसँग सहकार्य गरी  आर्थिक संकलन मा सहायो टेवा पुराउदै आएको छ ।

 

वि.सं.२०७५ असार १२ मंगलवार १६:१४ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...