
नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका पाँचौ अधिबेशन अध्यक्षमा प्रेमजङ गुरुङलाई निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको छ ।
जनवरी १३ का दिन सम्पन्न अधिबेशनले वरिष्ठ उपाध्यक्षमा विष्णु प्रसाद पोखरेल तथा उपाध्यक्षद्धयमा बिनोद गौतम र बेदराम कंडेल, महामन्त्रीद्धयमा किरण अर्याल र राजेन्द्र कुमार शर्मा, कोषाध्यक्षमा तेजेन्द्र प्रताप क्षेत्री, सहमहामन्त्रीमा खड्क रोका र सहकोषाध्यक्षमा सिता कुमारी क्षेत्री रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा सालीकराम गौतम, डिल्लीराम कंडेल, राजेन्द्र प्रसाद कंडेल, थम्मन बहादुर कार्की ( अमित), रुदीप खनाल, अर्जुन कुँवर (टिका), युवराज पौेडेल, मिम पुर्जा, रुपक रेग्मी, दिप्ती सापकोटा, राज कुमार श्रेष्ठ र महेन्द्र प्रसाद सुवेदी रहेका छन् ।
अधिबेशनमा केन्द्रीय प्रतिनिधि युवराज गुरुङ, जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङ, पूर्वसभासद नरेन्द्र कुमाल,जनसम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटा,एनआरएनए नेदरल्याण्डका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि) तथा युरोपस्थित विभिन्न जनसम्पर्क समितिकाका प्रतिनिधिहरु तथा नेदरल्याण्डमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
वि.सं.२०७५ पुस ३० सोमवार १७:२५ मा प्रकाशित