back
CTIZAN AD

यी वाहियात प्रश्नहरू हुन !

वि.सं.२०७५ माघ १८ शुक्रवार

807 

shares

मनमा साना साना प्रश्नहरू उठेका छन
सुन्दा साना साना भए पनि
तिनले ठूलो धक्का दिइरहेछन  !

प्रश्न यस्ता छन-
किन महिलाहरू नै ओठमा लाली लगाउँछन
र पुरुषहरू लगाउँदैनन् ?
किन महिलाहरू नै गाजल लगउँछन आँखामा
र पुरुषले लगाउँनु पर्दैन गाजल ?
प्रत्येक हप्ता
किन आँखी भौं मिलाउँछन महिलाहरू
र किन पुरुषहरू आँखि भौं मिलाउँदैनन ?
तपाईहरूले सुन्नु भयो नि ?
हेर्नुस त कति साना साना प्रश्न छन
तपाई भन्नु होला –
यी प्रश्नहरू नै होइनन
या यी वाहियात प्रश्नहरू हुन
तर यी प्रश्नहरूले मलाई लखेटिरहेछन !

किन महिलाको जुत्ताको हिल अग्लो हुन्छ
र पुरुषको हिल होचो हुन्छ ?
कुनै शरीर विज्ञान छ कि यसमा
कुनै सौन्दर्य विज्ञान छ कि
या कुनै मनो विज्ञान छ यसमा ?
म पटक्कै बुझिरहेको छैन !

जाडोको मौसममा पनि
जव कुनै समारोहमा जानु हुन्छ
घरबाट निस्कनुअघि
थर्मोकोटमाथि उलन सर्ट
उलन सर्टमाथि हाप स्वेटर
हाप स्वेटरमाथि उलन कोट लगाएर
निस्कदै गरेको श्रीमानलाई
‘भरे खोकी लाग्छ वावा’ भन्दै
मफलर बेरिदिने श्रीमतीहरू
त्यही समारोहमा
त्यही जाडोमा
किन नाइटो देखिने चोलो लगाउँछन ?
जसको पछाडि तुना मात्रै हुन्छ
के तिनीहरूलाई जाडो हुँदैन ?
मलाई एति सानो प्रश्नले पनि कायल बनाउँछ
मेरो यो प्रश्न सुनेपछि
तपाई मलाई पागल भन्नु होला
महिला मित्रहरूले मलाई
नन्सेन्स ग्वे भन्नु होला
हो म अचेल नन्सेन्स भएको छु
मलाई एति चिचिला प्रश्नहरूले पनि अत्याइरहेछन !

किन केटी मान्छेहरू
‘कति राम्री’ भनेपछि
मस्किदै धन्यवाद भन्छन ?
किन यसै गरी पुरुषलाई भनिदैन ?
के पुरुषहरू राम्रा हुदैनन ?
त्यसो भए
कुरुप पुरुषहरूसँग
राम्री महिलाहरूको
कसरी प्रेम बस्छ ?
र त्यो कुरुप पुरुषलाई
किन भन्छन महिलाहरू
मेरो हवी म तिमी नभए मरिजान्छु ?
हो अचेल मलाई
यस्तै वाल सुलभ प्रश्नहरूले
दिनहुँ निरुत्तर बनाइरहेछन !

प्रिय महिला तथा सज्जन वृन्द
के तपाईहरू कोहीसँग
यी साना साना प्रश्नहरूको जवाफ छ ?

स्वागतका गेटहरूमा
या खादा लगाउँने जिम्मेवारीमा
कुनै अफिसको रिसेप्सनमा
या हवाइजहाजको परिचारिकामा
किन महिलाहरू मात्र हुन्छन ?
एति धेरै सौन्दर्य प्रसाधन
किन महिलाहरूको लागि बनाइन्छ ?
के विना प्रसाधन महिलाहरू सुन्दर हुदैनन ?

तपाई
मलाई पागल भन्नुस
या नन्सेन्स भन्नुस
सुन्दरता विरोधी भन्नुस
या नारी विरोधी भन्नुस
गोमन साँपलेजस्तै लखेटिरहेका
यी प्रश्नहरू मैले सोध्ने आँट गरें
कृपया मेरो जिब्रो नथुतियोस
बरु दया गरेर जवाफ दिइयोस

२०७५्र/१०्र/१९
आदर्श व्याङ्केट, विर्तामोड

वि.सं.२०७५ माघ १८ शुक्रवार १७:४९ मा प्रकाशित

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

दीनानाथ पोख्रेल सुम्बेक, इलाम-२, इलाम आमा दिन्छिन् सुगुण सबमा लिन्छ...

कविता : चित्त

कविता : चित्त

विदुर अधिकारी, रामपुर,चितवन मेरो चित्त रहन्छ मैसित सधैँ, उत्साहका साथमा...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

कविता : आदिकवि भानुभक्तप्रति

कविता : आदिकवि भानुभक्तप्रति

कविराज घिमिरे,भक्तपुर असारे आली समाती जन्मे एउटा बालक नेपाली जिमी...