
२८ फागुन, गोरखा । वनका संरक्षित जनावरलाई कुकुले मारेको घाइते पारेको भेटिन थालेपछि चुमनुब्री १ को सामागाउँ र साम्दोवासी चिन्तित छन् । दुवै गाउँ आसपास संरक्षित वन क्षेत्रमा साताभित्र छाडा कुकुरले १५ वटा जंगली जन्तु मारेका छन् ।
छाडा कुकुरको आक्रमणबाट कस्तुरी झारल र नाउर मारिएको गाउँलेले बताए । समुह समुहमा जंगल पस्ने कुकुर करिब ३०- ३५ वटा छन्, स्थानीय मिङमार लामाले भने, हामीले मार्नु हुँदैन, कानुन लाग्छ , भनेका जंगली जनावर कुकुरले भकाभक मारेका छन् ।
कतिपय कुकुरको झुन्ड जंगलमै बस्छ । तीन चार सालयताबाट भुस्याहा कुकुरका हुलले जंगली जनावरलाई घेरा हालेर आक्रमण गर्ने गरेको उनले सुनाए । मंगलबारको कान्तिपुर दैनिकमा हरिराम उप्रेतीले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २८ मंगलवार ०८:१४ मा प्रकाशित






























