back
CTIZAN AD

नेपाल-भारत इनर्जी एक्सचेन्ज मार्केट सम्झौता : बिजुली किनबेच अनलाइनबाट

वि.सं.२०७५ चैत २९ शुक्रवार

633 

shares

२९ चैत, काठमाडौ । नेपालले भारतको उर्जा बजारमा बिजुली बेच्न र किन्न पाउने भएको छ । दुई देशबीच अनलाइन प्रणलीमार्फत ऊर्जा एक्सेन्ज मार्केट सट्टा बजारमा किनबेचसम्बन्धी सम्झौता हुन लागेको हो ।

विद्युत् व्यापार निगम र प्राधिकरणबीच बिजुलीको अनलाइन कारोबारसम्बन्धी सम्झौताको तयारी पूरा भएको बताए । सम्झौता केही दिनभित्रै हुने उनले जानकारी दिए ।

सम्झौता भएपछि नेपालले आफुलाई चाहिएको बिजुलीको परिमाण र आवश्यक समय खुलाएर अघिल्लो दिन अनलाइनमा विवरण राखिदिने र त्यसअनुसारको बिजुली भोलिपल्ट प्राप्त हुने प्रणाली स्थापित गरिने अधिकारीले बताए ।

नेपालले सन् २००९ देखि विद्युत् एक्सचेन्जको अवधारणा लागू गराउने भारतसित आग्रह गर्दै आएको छ । भारतले केही महिनाअघि सीमापार विद्युत् निर्यातसम्बन्धी निर्देशिका संशोधन गरेर ऊर्जा व्यापारको बाटो खोलिदिएको थियो ।

त्यसलगत्तै गत माघ दोस्रो साता पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले यसरी खरिदबिक्री गर्ने निर्णय गरेको थियो।

विद्युत् एक्सचेन्जसम्बन्धी मस्यौदा एनभीभीएनले केही साताअघि विद्युत् प्राधिकरणलाई पठाएको थियो। अधिकारीका अनुसार भारतीय मस्यौदालाई प्राधिकरण बोर्डले स्वीकृत गरिसकेको छ।शुक्रबारको अन्नपूर्ण पोस्टमा विकास थापाले लेखेका छन ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ०७:४० मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...