back

विश्वदिप तिगेलाले सुझाए मर्यादाक्रमको यस्तो सूचि

वि.सं.२०७६ जेठ ७ मंगलवार

555 

shares
GLOBAL IME AD
NTC AD

बेलायतमा सन् १९३४ मा नेपाली राजदूतावासको स्थापना भएको हो । लण्डनस्थिति नेपाली दूतावासले बेलायतका साथै आयरल्याण्ड, माल्टा र आईसल्याण्डका लागि पनि नेपाल सरकारको कुटनीतिक नियोगको रुपमा काम गर्ने गर्छ। लामो समय देखि रहेको नेपाल–बेलायत सम्बन्धका कारण बेलायतमा नेपालीहरुको उपस्थिति पनि बाक्लो रहेको छ । नेपालीको उपस्थितिसँगै नेपाली संघसंस्थाहरु पनि स्थापना भएका छन् ।

धेरै संस्था खुलेसँगै विशेष गरी कार्यक्रमहरुमा मर्यादाक्रमका कारण अतिथिको आसन ग्रहणमा विवाद हुने गरेको छ । यस्ता विवाद नउठ्न मर्यादाक्रम बनाउनु पर्ने धारणा विश्व नेपाली साहित्य महासंघको पूर्वअध्यक्ष विश्वदिप तिगेलाको छ । उनले दूतावास बाहेक नेपाली संघसंस्थाको कार्यक्षमता र सांगठानिक शक्तिको आधारमा युकेका जातिय संस्थाहरु सबैभन्दा बलियो, मजबुत र प्रभावकारी भएको बताएका छन् । त्यहि आधारमा उनले संस्थाहरुको मर्यादाक्रम सुझाएको बताएका छन् । उनले आफ्ने तर्फबाट रोलक्रमको सूचि बनाउँदै सामाजिक सञ्जालमा सुझाव मागेका छन् । उनले लेखेका छन् :
युकेमा रहेका सयौ संघसस्थाहरुको मर्यादाक्रमः
१) नेपाली राजदुतावास लण्डन (नेपाल सरकार)
२) गैर आवासिय नेपाली संघ (NRNA अर्धसरकारी परराष्ट्रमा दर्ता र सरकारद्धारा मान्यता, विश्वको ८० मुलुक मध्ये १ सानो अंश)
३) नेपाल आदिवासी जनजाति महासंघ (कारण, ११ जातिय संस्थाको साझा संगठन)
४) नेपाल पत्रकार महासङ्घ, युके (नेपाल सरकारबाट पहिलो मान्यता)
५)नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज, संस्था आबद्ध)
६) जातिय उत्थान संस्थाहरुः तमु धी, मगर संघ, यायोख्खा, चुम्लुङ, सुनुवार, शेर्पा, छुम्मा, तामाङ, छन्त्याल, दुरा लगायत
७) भूतपूर्व सैनिक संगठनहरुः गेसो, सत्याग्रह, बिजिडब्लुएस
८) राजनैतिक भातृसंगठनहरुः प्रवासी नेपाली मंच, जनसम्पर्क समिति, नेपाली सङ्घीय समाज, जनमुक्ति मंच, सङ्घीय लिम्बुवान मंच
९) धार्मिक संघसस्थाहरुः बुद्धिष्ट कम्युनिटी, किरात धर्म, किश्चियन
१०) पुराना संघसस्थाहरुः यति एसोसियसन,
११) पेशागत संघसंस्थाहरुः डाक्टर एसोसियसन, इन्जिनियर एसोसियसन, नर्स एसोसियसन, सेफ आदि
१२) साहित्यिक संघसस्थाहरुः विनेसाम, नेसाबिप, अनेसास, साहित्य प्रतिष्ठान लगायत
१३) युकेको स्थानीय गोर्खा नेपलिज वा नेपलिज समाज ।
१४. जिल्ला इतर संघसंस्थाहरु
१५) ??

वि.सं.२०७६ जेठ ७ मंगलवार १७:२१ मा प्रकाशित

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक...

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ...

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

उडसाईड न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन (जिपीके फाउन्डेशन) अमेरीका च्याप्टरले स्वर्गीय...

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

कोपनहेगन, डेनमार्क। जनसम्पर्क समिति डेनमार्कले डेनमार्कका लागि नवनियुक्त राजदूत सुम्निमा...

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...