back
CTIZAN AD

विश्वदिप तिगेलाले सुझाए मर्यादाक्रमको यस्तो सूचि

वि.सं.२०७६ जेठ ७ मंगलवार

1K 

shares

बेलायतमा सन् १९३४ मा नेपाली राजदूतावासको स्थापना भएको हो । लण्डनस्थिति नेपाली दूतावासले बेलायतका साथै आयरल्याण्ड, माल्टा र आईसल्याण्डका लागि पनि नेपाल सरकारको कुटनीतिक नियोगको रुपमा काम गर्ने गर्छ। लामो समय देखि रहेको नेपाल–बेलायत सम्बन्धका कारण बेलायतमा नेपालीहरुको उपस्थिति पनि बाक्लो रहेको छ । नेपालीको उपस्थितिसँगै नेपाली संघसंस्थाहरु पनि स्थापना भएका छन् ।

धेरै संस्था खुलेसँगै विशेष गरी कार्यक्रमहरुमा मर्यादाक्रमका कारण अतिथिको आसन ग्रहणमा विवाद हुने गरेको छ । यस्ता विवाद नउठ्न मर्यादाक्रम बनाउनु पर्ने धारणा विश्व नेपाली साहित्य महासंघको पूर्वअध्यक्ष विश्वदिप तिगेलाको छ । उनले दूतावास बाहेक नेपाली संघसंस्थाको कार्यक्षमता र सांगठानिक शक्तिको आधारमा युकेका जातिय संस्थाहरु सबैभन्दा बलियो, मजबुत र प्रभावकारी भएको बताएका छन् । त्यहि आधारमा उनले संस्थाहरुको मर्यादाक्रम सुझाएको बताएका छन् । उनले आफ्ने तर्फबाट रोलक्रमको सूचि बनाउँदै सामाजिक सञ्जालमा सुझाव मागेका छन् । उनले लेखेका छन् :
युकेमा रहेका सयौ संघसस्थाहरुको मर्यादाक्रमः
१) नेपाली राजदुतावास लण्डन (नेपाल सरकार)
२) गैर आवासिय नेपाली संघ (NRNA अर्धसरकारी परराष्ट्रमा दर्ता र सरकारद्धारा मान्यता, विश्वको ८० मुलुक मध्ये १ सानो अंश)
३) नेपाल आदिवासी जनजाति महासंघ (कारण, ११ जातिय संस्थाको साझा संगठन)
४) नेपाल पत्रकार महासङ्घ, युके (नेपाल सरकारबाट पहिलो मान्यता)
५)नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज, संस्था आबद्ध)
६) जातिय उत्थान संस्थाहरुः तमु धी, मगर संघ, यायोख्खा, चुम्लुङ, सुनुवार, शेर्पा, छुम्मा, तामाङ, छन्त्याल, दुरा लगायत
७) भूतपूर्व सैनिक संगठनहरुः गेसो, सत्याग्रह, बिजिडब्लुएस
८) राजनैतिक भातृसंगठनहरुः प्रवासी नेपाली मंच, जनसम्पर्क समिति, नेपाली सङ्घीय समाज, जनमुक्ति मंच, सङ्घीय लिम्बुवान मंच
९) धार्मिक संघसस्थाहरुः बुद्धिष्ट कम्युनिटी, किरात धर्म, किश्चियन
१०) पुराना संघसस्थाहरुः यति एसोसियसन,
११) पेशागत संघसंस्थाहरुः डाक्टर एसोसियसन, इन्जिनियर एसोसियसन, नर्स एसोसियसन, सेफ आदि
१२) साहित्यिक संघसस्थाहरुः विनेसाम, नेसाबिप, अनेसास, साहित्य प्रतिष्ठान लगायत
१३) युकेको स्थानीय गोर्खा नेपलिज वा नेपलिज समाज ।
१४. जिल्ला इतर संघसंस्थाहरु
१५) ??

वि.सं.२०७६ जेठ ७ मंगलवार १७:२१ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...