back

कविता : सेन चन्द्रागिरी र म !

वि.सं.२०७६ जेठ १३ सोमवार

837 

shares

 

भन प्रिय सेन !
यो दोधार हो कि क्रान्ती हो ??
अलमल हो कि शान्ति हो ??
तिम्रो चन्द्रागिरी त,
छातिमा केबुलकार रोपेर,
अन्तै कतै रमाएको छ ।
हामी अबुझहरुलाइ गिज्याउँदै ,
तिम्रो लासमाथी ,
एउटा सम्झौताको गुलाब रोप्तै छ ।

प्रिय सेन !
तिमि कुटिकुटी मारियौ,
चन्द्रागिरीले टुलुटुलु हेर्यो,
र मैले लाज पचाए ।

तिम्रो चन्द्रागिरीमा केबुलकार दौडिएको छ !
अनि प्रतिबन्ध फुकुवा भएको छ ।
म पँुजीवाद जिन्दावाद भन्दै,
केबुलकार चढदै छु !
र तिम्रो नाममा एउटा प्रतिष्ठान दर्ता गर्दै छु ।
अलिकती नाफा मलाई नि चाहिएको छ ।
किनकी तिमि जस्तै,
बिद्रोहको गीत मैले नि गाएको थिए ।
ज्यानको बाजी मैले नि लाएको थिए ।

तिमिले थाहा पायौ ?
अहिले जेलका छिडिहरुमा,
नेलका कडिहरुमा,
चन्द्रागिरी पुकारिदैन ।
पसिना र रगतका ब्याजहरु !
बुरुक्क उफ्रिन्छ्न,
र एउटा अट्ठाहास गर्छन ।
क्रान्ती भयो ! क्रान्ती भयो !!

धन्न म बाचे र कपालभाती गर्न पाए !
प्रिय सेन !
अचेल जब म कपालभातिमा ,
समृद्ध नेपाल सुखी नेपालीको ,
मन्त्र उच्चारण गर्छु !
शान्ति सम्झौता भन्दा अघि जन्मेकी मेरि छोरी,
आँखा तर्दै मलाई हेर्छे र पर भाग्छे !
भर्खर जन्मेकी छोरी,
मुसुक्क हास्छे र मेरो छेउ आउछे !

भन प्रिय सेन !
यो दोधार हो कि क्रान्ती हो ??
अलमल हो कि शान्ति हो ??
तिम्रो चन्द्रागिरी त,
छातिमा केबुलकार रोपेर,
अन्तै कतै रमाएको छ ।
हामी अबुझहरुलाइ गिज्याउँदै ,
तिम्रो लासमाथी ,
एउटा सम्झौताको गुलाब रोप्तै छ ।
(कृष्ण सेन इच्छुकको सम्झनामा समर्पित )

वि.सं.२०७६ जेठ १३ सोमवार ०८:२६ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही -१८, दाङ १. पार्टीविहीन बनाउँ सरकार भन्छन्...

कविता : शरीरको गुनासो

कविता : शरीरको गुनासो

कल्पना अधिकारी, काठमाडौँ यो ज्यानले भन्छ भयो नलेख् भो। नानथरीका...

कविता : उनी (आमा)

कविता : उनी (आमा)

कृष्णप्रसाद पौडेल ’जस्ताघरेझ विदुर –४, बट्टार छिन् मुमा यदि भने...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. समृद्धि ल्याउँछु भनी गफैमा...

कविता : खोल्ने भएछन् दल

कविता : खोल्ने भएछन् दल

घनश्याम पौडेल, पोखरा, कास्की राम्रा मानिस सर्दछन् पर अझै पर्ला...

कविता : मणिकल्प

कविता : मणिकल्प

चन्द्रमणि अधिकारी (अभिनव व्यास) तनहुँ, नेपाल छु ल्याएको हाँस्दै अभिनव...