back
CTIZAN AD

कविता : सेन चन्द्रागिरी र म !

वि.सं.२०७६ जेठ १३ सोमवार

1.2K 

shares

 

भन प्रिय सेन !
यो दोधार हो कि क्रान्ती हो ??
अलमल हो कि शान्ति हो ??
तिम्रो चन्द्रागिरी त,
छातिमा केबुलकार रोपेर,
अन्तै कतै रमाएको छ ।
हामी अबुझहरुलाइ गिज्याउँदै ,
तिम्रो लासमाथी ,
एउटा सम्झौताको गुलाब रोप्तै छ ।

प्रिय सेन !
तिमि कुटिकुटी मारियौ,
चन्द्रागिरीले टुलुटुलु हेर्यो,
र मैले लाज पचाए ।

तिम्रो चन्द्रागिरीमा केबुलकार दौडिएको छ !
अनि प्रतिबन्ध फुकुवा भएको छ ।
म पँुजीवाद जिन्दावाद भन्दै,
केबुलकार चढदै छु !
र तिम्रो नाममा एउटा प्रतिष्ठान दर्ता गर्दै छु ।
अलिकती नाफा मलाई नि चाहिएको छ ।
किनकी तिमि जस्तै,
बिद्रोहको गीत मैले नि गाएको थिए ।
ज्यानको बाजी मैले नि लाएको थिए ।

तिमिले थाहा पायौ ?
अहिले जेलका छिडिहरुमा,
नेलका कडिहरुमा,
चन्द्रागिरी पुकारिदैन ।
पसिना र रगतका ब्याजहरु !
बुरुक्क उफ्रिन्छ्न,
र एउटा अट्ठाहास गर्छन ।
क्रान्ती भयो ! क्रान्ती भयो !!

धन्न म बाचे र कपालभाती गर्न पाए !
प्रिय सेन !
अचेल जब म कपालभातिमा ,
समृद्ध नेपाल सुखी नेपालीको ,
मन्त्र उच्चारण गर्छु !
शान्ति सम्झौता भन्दा अघि जन्मेकी मेरि छोरी,
आँखा तर्दै मलाई हेर्छे र पर भाग्छे !
भर्खर जन्मेकी छोरी,
मुसुक्क हास्छे र मेरो छेउ आउछे !

भन प्रिय सेन !
यो दोधार हो कि क्रान्ती हो ??
अलमल हो कि शान्ति हो ??
तिम्रो चन्द्रागिरी त,
छातिमा केबुलकार रोपेर,
अन्तै कतै रमाएको छ ।
हामी अबुझहरुलाइ गिज्याउँदै ,
तिम्रो लासमाथी ,
एउटा सम्झौताको गुलाब रोप्तै छ ।
(कृष्ण सेन इच्छुकको सम्झनामा समर्पित )

वि.सं.२०७६ जेठ १३ सोमवार ०८:२६ मा प्रकाशित

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

दीनानाथ पोख्रेल सुम्बेक, इलाम-२, इलाम आमा दिन्छिन् सुगुण सबमा लिन्छ...

कविता : चित्त

कविता : चित्त

विदुर अधिकारी, रामपुर,चितवन मेरो चित्त रहन्छ मैसित सधैँ, उत्साहका साथमा...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

कविता : आदिकवि भानुभक्तप्रति

कविता : आदिकवि भानुभक्तप्रति

कविराज घिमिरे,भक्तपुर असारे आली समाती जन्मे एउटा बालक नेपाली जिमी...