back
CTIZAN AD

जुम्लाका कैदीबन्दीमा मानसिक समस्या

वि.सं.२०७६ जेठ १३ सोमवार

633 

shares

१३ जेठ । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा मानसिक समस्या बढी रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा आयोजित कारागारमा रहेका कैदीबन्दीका लागि मानसिक स्वास्थ्य शिबिरका क्रममा कैदीबन्दी मानसिक समस्याले ग्रस्त रहेको पाइएको हो ।

विभिन्न कसुरमा कैदीको जीवन बिताइरहेका १५ जनामा गम्भीर मानसिक समस्या रहेको पाइएको टीपीओ नेपाल जुम्लाका मनोपरामर्शदाता नन्दराज आचार्यले बताए । उनीहरुलाई मानसिक समस्या समाधानका लागि मनोविमर्श आवश्यक रहेको छ । अन्य कैदीमा सामान्य खालको मानसिक समस्याजस्तै एक्लै टोलाउने, सपनीमा र्बबराउने, दिक्क मान्ने, एक्लो महसुस गर्ने, शरीर भारी भएको महसुुस गर्ने, नकारात्मक कुरा सोच्नेजस्ता लक्षण देखिएका छन्, उनीहरुलाई मनोविमर्श एकदमै आवश्यक छ ।’ कारागारमा ८९ जना कैदी रहेका छन् । तीमध्ये चारजना महिला रहेका छन् ।

उनीहरुको स्वास्थ्य परीक्षण गर्दा सुगर, प्रेसर र ग्यास्ट्रिकको समस्या देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सञ्जीव पण्डितले बताए । करागारमा पुस्तकालय स्थापना गरिएकाले पुस्तक पढ्ने बानीको विकास हुँदै गएको जेलर टंक न्योपानेले बताए । पुुस्तक पढ्न थालेपछि कैदीबन्दीको बानी व्यवहार र दैनिकीमा परिवर्तन देखिन थालेको छ ।

राजधानी दैनिक पत्रिकाबाट

वि.सं.२०७६ जेठ १३ सोमवार ०८:२५ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...