१३ जेठ । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा मानसिक समस्या बढी रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा आयोजित कारागारमा रहेका कैदीबन्दीका लागि मानसिक स्वास्थ्य शिबिरका क्रममा कैदीबन्दी मानसिक समस्याले ग्रस्त रहेको पाइएको हो ।
विभिन्न कसुरमा कैदीको जीवन बिताइरहेका १५ जनामा गम्भीर मानसिक समस्या रहेको पाइएको टीपीओ नेपाल जुम्लाका मनोपरामर्शदाता नन्दराज आचार्यले बताए । उनीहरुलाई मानसिक समस्या समाधानका लागि मनोविमर्श आवश्यक रहेको छ । अन्य कैदीमा सामान्य खालको मानसिक समस्याजस्तै एक्लै टोलाउने, सपनीमा र्बबराउने, दिक्क मान्ने, एक्लो महसुस गर्ने, शरीर भारी भएको महसुुस गर्ने, नकारात्मक कुरा सोच्नेजस्ता लक्षण देखिएका छन्, उनीहरुलाई मनोविमर्श एकदमै आवश्यक छ ।’ कारागारमा ८९ जना कैदी रहेका छन् । तीमध्ये चारजना महिला रहेका छन् ।
उनीहरुको स्वास्थ्य परीक्षण गर्दा सुगर, प्रेसर र ग्यास्ट्रिकको समस्या देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सञ्जीव पण्डितले बताए । करागारमा पुस्तकालय स्थापना गरिएकाले पुस्तक पढ्ने बानीको विकास हुँदै गएको जेलर टंक न्योपानेले बताए । पुुस्तक पढ्न थालेपछि कैदीबन्दीको बानी व्यवहार र दैनिकीमा परिवर्तन देखिन थालेको छ ।
राजधानी दैनिक पत्रिकाबाट
वि.सं.२०७६ जेठ १३ सोमवार ०८:२५ मा प्रकाशित