back
CTIZAN AD

अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ

वि.सं.२०७६ जेठ १५ बुधवार

906 

shares

१५ जेठ, नान्जिङ । चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ ।

यी व्यक्तिले करिब एक लाख ३० हजार अमेरिकी डलर बराबरको ठगी गरेको प्रहरीको आशंका छ ।गत जुलाईमा एक जना लिउ नाम बताउने व्यक्तिले स्थानीय प्रहरी समक्ष अनलाइनमा भेटिएकी एक किशोरीमार्फत आफू ठगिएको उजूरी गरेका थिए ।लिउले ती किशोरीसँग १२ दिनसम्म अनलाइन कुराकानी गरेको बताएका थिए । ती किशोरीको आग्रहमा आफूले एउटा लगानी फर्ममा एक हजार चिनिया मुद्रा युआन पठाएको लिउले बताएका थिए । तर एक साता नपुग्दै उनलाई पाँच हजार युआन कमाएको भनिएको थियो ।

लिउलाई आफूले कमाएको रकम झिक्न सेवा शुल्क बुझाउन भनियो । तर सेवा शुल्क बुझाए पनि उनले पैसा पाएनन् र उनकी अनलाइन किशोरी पनि बेपत्ता भइन् ।विस्तृत अनुसन्धान पश्चात प्रहरीले शेन्जेन र बेइजिङका साथै हेनान र हुबे प्रान्तबाट ३१ जनालाई पक्राउ गरेको हो । किशोरीको नक्कली नाममा पुरुषहरुले नै प्रेममय सम्बन्ध गाँसेको प्रहरीले बताएको छ । त्यसपछि नक्कली फर्ममा लगानी गर्न मानिसहरुलाई उक्साउने गरेको अनुसन्धानमा खुलेको थियो ।प्रहरीले यस घटनामा थप अनु्सन्धान गरिरहेको बताएको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १३:२३ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...