back
CTIZAN AD

नाइजेरिया आक्रमणमा २३ जनाको ज्यान गयो

वि.सं.२०७६ जेठ १५ बुधवार

879 

shares

१५ जेठ, अबुजा ।  नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टी गरे । नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरुमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् ।
शेहुले प्रभावित क्षेत्रमा प्रहरीको नियमित गस्ती बढाइएको र सेनाले हवाई गस्ती थालेको जानकारी दिनुभयो । गाउँलेको हत्या हुनुको ठोस कारण अझै खुलेको छैन ।

आक्रमणका बारेमा नाइजेरियामा सक्रिय कुनै पनि समूहले जिम्मेवारी पनि लिएका छैनन् ।जाम्फारा र कडुना राज्यमा जारी हत्या हिंसाले स्थानीय जनतामा त्रास फैलिएको छ । कतिपय अवस्थामा हतियारधारी समूहले किसानले पालेका गाईबस्तु लुट्ने गरेका छन् ।

वि.सं.२०७६ जेठ १५ बुधवार १३:४१ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...