back
CTIZAN AD

इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

वि.सं.२०७६ असोज ७ मंगलवार

705 

shares

७ असोज, सप्तरी । सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलाशले यादवलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको हो । यसैगरी अन्य आरोपित छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ३१ वर्षीय अजित सिंह भनिने अजय यादव, अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ का ३४ वर्षीय अविनाश भनिने उपेन्द्र यादव र ५५ वर्षीय श्रीप्रसाद मण्डललाई जनही एक वर्ष कैद सजायको फैसला भएको छ ।

जिल्ला अदालतले ०७१ फागुन ११ गते अजय, उपेन्द र श्रीप्रसाद्रको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो । आरोपित मण्डल २०७५ मङ्सिर ५ गते पक्राउ परेपछि ५० हजार धरौटीमा पुर्पक्षका लागि रिहा भएका थिए । सप्तरीको बोरियास्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज–६ स्थित घरतर्फ आइरहेका इञ्जिनीयर देवलाई घर नजिकै आरोपितले ०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरेको थियो । राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देव मृतक देवका भाइ हुन् ।

यसअघि पक्राउ परेका विष्णुपुर गाउँपालिका–५ का २७ वर्षीय गङ्गाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा शम्भुनाथ नगरपालिका मोहनपुरका २८ वर्षीय दिलजले भनिने उमेश राम र २९ वर्षीय देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो । (रासस)

वि.सं.२०७६ असोज ७ मंगलवार १६:२२ मा प्रकाशित

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको...

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

काठमाडाँ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोजसम्म...

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...