back
CTIZAN AD

दुवईमा अन्तर्राष्ट्रिय अचिभमेन्ट अवार्ड २०१९ सम्पन्न

वि.सं.२०७६ असोज ७ मंगलवार

786 

shares

७ असोज, काठमाडौँ । सिजन मिडियाको आयोजना तथा नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा आयोजित एक विशेष समारोहका बीच अन्तर्राष्ट्रिय अचिभमेन्ट अवार्ड २०१९ सम्पन्न भएको थियो ।

कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको प्रमुख आतिथ्यमा नेपाल लगायत यूएईमा वसोवास गर्ने नेपालीहरुलाई सम्मान तथा इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा आयोजित एक कार्यक्रमका बीच रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्मा सोही अवसरमा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, सफल खबरका सम्पादक सुरेशचन्द्र अधिकारी पत्रकारहरु किरण मरहठ्ठा, कृष्ण प्रसाद आचार्य, लक्ष्मण खनाल ,यस्तै रातोपार्टीका युएई प्रतिनिधि विनोद श्रेष्ठलाई पनि पत्रकारिता क्षेत्रमा विषेश योगदान गरेवापत अन्तर्राष्ट्रिय अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा मन्त्री खनालले युएईमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीलाई नेपाल लगानी गर्न आह्वान समेत गरे । कार्यक्रममा युएईमा क्रियाशिल व्यक्तित्वहरु डा. आसिफ सिद्दी अलिकी, सुरेस ढकाल, इ. मोहन शर्मा र चन्द्र प्रकाश सापकोटालाई विशिष्ट व्यक्ति सम्मान गरिएको थियो भने सुरेश ढाकाल,कल्पना राई, हिरालाल श्रेष्ठ, दिपक गुरुङ ९दिपिका० र पिएस लिम्बु संकर श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

वि.सं.२०७६ असोज ७ मंगलवार १६:१० मा प्रकाशित

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...