back
CTIZAN AD

नेपालको राजनीतिक क्षेत्रमा ७४ प्रतिशत भ्रष्टाचार

वि.सं.२०७३ मंसिर १३ सोमवार

1.2K 

shares

corruption

१३ मङ्सिर,काठमाडौँ  । नेपालको राजनीतिक क्षेत्रमा ७४ प्रतिशत र निजामती कर्मचारीसहित विभिन्न सङ्घसंस्थामा ६९ प्रतिशत भ्रष्टाचार हुने गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

भ्रष्टाचारविरुद्ध नेपाल नामक संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

हाम्रो देशमा नीतिगत भ्रष्टाचार, नियोजित भ्रष्टाचार, निर्देशनात्मक भ्रष्टाचार, आर्थिक भ्रष्टाचार तथा भौतिक एव्म सामाजिक भ्रष्टाचार गरी पाँच प्रकारका भ्रष्टाचार अत्यधिक मौलाएको सो सस्थाले जनाएको छ ।

सो अबसरमा भ्रष्टाचार, घुसखोरी, कालोबजारी, राजस्व छलीजस्ता अनुचित क्रियाकलापबाट हुने रकम मुलुकको ढुकुटीमा बचत गराउने आफ्नो संस्थाको अन्तिम लक्ष्य भएको संस्थाका अध्यक्ष रामकुमार ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार, देशको संविधान तथा कानुनको अधिकतम प्रयोग गरी पाँच प्रतिशत मानिसले मात्र फाइदा उठाइरहेको र अरु ९५ प्रतिशत नागरिक तिनै कानुनका कारण पीडा भोग्नु परिरहेका छन् । धनी तथा राजनीतिक पहुँचका आधारमा न्याय प्रभावित हुने गरेको आरोपसमेत अध्यक्ष ठाकुरले लगाउनुभयो ।

उहाँले युनिटी लाइफ इन्टरनेसनल कम्पनीका निर्देशक विश्वनाथ गौतम निर्दोष भए पनि विगत छ वर्षदेखि उहाँलाई जेलमा राखेकोमा दुःख व्यक्त गर्नुभयो ।

निर्देशक गौतमकी पत्नी दीपा गौतमले पतिको रिहाइको माग गर्दै विगत छ महिनादेखि धर्नामा बस्दै आएको भएपनि कुनै सुनुवाई नभएकोप्रति आक्रोश व्यक्त गर्नुभयो । ।

कम्पनीका अध्यक्ष काशीप्रसाद गुरुङले सञ्चालक समितिका सबै सदस्य निर्दोष रहेको जिकिर गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार १३:५३ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...