१.उम्रेन खै चेतना
उन्मत्त सुत्छ बगर
भुँडीभित्र सीमित मान्छे ।।
२.सुन्दर छ जीवन
सिर्जना सूत्र हौं फूल
अनन्त यो सृष्टि सौन्दर्य ।।
३.भलाद्मी ओढ्छन् खोल
समाज सेवाका कुरा
पसारो आपैm धामीझाँक्री ।।
४. माक्र्सवादीविचार
प्रश्नै प्रश्नको निकास
चिन्तन शून्यवर्तमान ।।
५. धरापमा जीवन
धनप्रति आकर्षण
पराइसँग घरजम ।।
६.पुछारको पातो यो
द्विविधा–द्विविधा मान्छे
शङ्कागर्छ लङ्कादहन ।।
७.जनताजनार्दन
नेतामुखी बागडोर
बन्द हडतालमा देश ।।
८.के आउँछ मलाई ?
अनन्त छन् प्रश्नहरु
होडबाजीछ भागबिलो ।।
९.भिज्नुछ पसिनाले
फुल्नु पर्छ बगैंचाले
मगमगाउन जीवन ।।
यी नमुना कविताको उपविधा साइनोका हुन् । साइनो नेपाली मन–मस्तिष्क र माटाले २०७६÷५÷१ मा छायादत्त न्यौपाने बगरले अनुहार किताब (फेसबुक) मा पोस्ट गरेपछि प्रकाशनमा आएको हो । यो उपविधाको संरचना सात, आठ र नौ अक्षरका तीन गुच्छामा पूर्ण हुन्छ । यसमा व्यङ्ग्योक्ति भाव प्रबल रहन्छ ।
साइनो सूत्रात्मक नेपाली मौलिक अभिव्यक्ति हो । यसले सटिक सूत्रात्मक स्वरूपले कविताको स्वाद दिन्छ । यो लामो रचना पढ्न फुर्सद नभएका पाठकलाई कविताकै रसास्वादन दिन्छ । छोटा समयमा यसले धेरै सर्जक, समालोचकको मन–मस्तिष्कमा स्थान बनाइसकेको छ । यसलाई पछ्याएर सिर्जना गर्ने केही प्रमुख स्रष्टाहरूमा ः केशव ज्ञवाली, खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमार क्षेत्री, नारायण चौलागाई समेत धेरैजना हुनुहुन्छ । यसैगरी यसको संरचना र स्वरुपबारे जिज्ञासा राख्नेहरु पनि धेरै साथीहरु हुनहुुन्छ ः हिमलाल चापागाईं, मिलन समीर, शीतल गिरी, महानन्द ढकाल, समेत धैरै जना हुनुहुन्छ ।
साइनो नेपाली साइनुको विकसित रूप हो । यसले नाता÷सम्बन्धलाई जनाउँछ । यो आपैmमा पूर्ण लघु रचनाको नवीन प्रयोग हो । यसले नेपाली जनभावनाको प्रतिनिधित्व गर्छ । स्थापना र विकासले नेपाली माटो र मनले साहित्यमा मौलिक पहिचान बनाउन सक्छ भन्ने पुष्ट्याइँका रुपमा यसलाई लिन सकिन्छ ।
साइनो नेपाली भाषा साहित्यका पारखीहरूको प्रिय विधा हो । यसले सातबार, अष्टदल, नौरसको प्रतीक बनेर आफ्नो स्वरुप ग्रहण गरेको छ । यसको तीनवटै गुच्छाका चौबिस अक्षरले चौबिस घण्टाको समय भन्ने अर्थ दिन्छन् । साँच्चै भन्ने हो भने साइनोका सात, आठ र नौ अक्षरे गुच्छाले स्वतन्त्रअनि समुच्चदुई तहकौ अर्थ दिन्छन् । सर्जककै प्रतिभा अनुसार यसले एक झोक्का अभिव्यक्ति त दिन्छ नै सँगै एक दृश्यमा समेटिने थपभावपनि समेट्न सक्छ । साइनो सिर्जनात्मक अभिव्यक्ति भएकाले निश्चित स्वरुप र मान्यता त राख्छ नै तर अरू सिर्जनात्मक प्रस्तुति जस्तै यो पर्खालले छेक्न खोजेर छेकिंदैन । स्वतन्त्र अभिव्यक्ति पनि दिन सक्छ । यसको अर्थ साइनो अराजक हुन्छ भन्ने होइन । यो त मानवीय संवेदना जस्तै भावयुक्त मर्मस्पर्शी हुन्छ । व्यञ्जना शब्द शक्तिको अपेक्षा गर्ने साइनो सीमित रहँदैन । यसलै लघुकथन पनि बहन गर्न सक्छ ःमाक्र्सवादी विचार, प्रश्नै प्रश्नको निकास, चिन्तन शून्य वर्तमान ।
यस्तै व्यङ्ग्यो प्रबल हुँदापनि अर्थ गाम्भीर्य संवहनगर्न सक्छ : कुशल कूटनीति, सक्रिय मन–मस्तिष्क, आहा ! नव घुम्ती प्रवेश !
साइनो यसरी नवसिर्जनात्मक मौलिक नेपालीपन दिने र साहित्यिक अभिव्यक्ति रहेको कुरा सर्वस्वीकार्य हुँदै आएको छ । यो साहित्य सर्जकहरुका लागि खुसीको विषय बनेको छ ।
स्मरण रहोस्, साइनो सिर्जना गर्दा सात, आठ रनौ अक्षर पछि (।।) दुईटा पूर्णबिराम चिन्ह प्रयोग गरिन्छ । यसको अर्थ हो गुच्छाको छुट्टा छुट्टै र समुच्च अर्थ । ‘अस्तु’
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:३३ मा प्रकाशित






























