back
CTIZAN AD

प्राधिकरण संचालकहरुमाथि कार्वाही शुरु : उर्जामन्त्री

वि.सं.२०७३ मंसिर १८ शनिवार

843 

shares

janardan-sharma

१८ मंसिर, काभ्रे (कुन्तावेशी)  । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण संचालकहरुमाथि कार्वाही शुरु भएको बताउनुभएको छ ।
काभ्रेको कुन्तावेशीमा रसकमल स्मृति कृषि सहकारी संस्थाको छैठौं साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध खडा गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिँदै उहाँले यसमा साथ दिन सवैलाई आग्रह गर्नुभयो । उर्जामन्त्रालयले विद्युत प्राधिकरण संचालक समिति सदस्य लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई अवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा शुक्रवार लिखित स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरुमाथि थप कार्वाही गर्ने मन्त्रालयको तयारी छ ।
उर्जामन्त्री शर्माले विद्युत प्राधिकरणभित्र परेको प्वाँल टालेको कारण केही व्यक्तिहरुमा छटपटी बढेको भन्दै त्यस्तो छटपटी अझ बढाईदिने चेतावनी दिनुभयो ।
“बिजुली चुहिने प्वाँल प्राधिकरणभित्रै परेको रहेछ, मैले त्यो प्वाँल टाल्न लगाएँ, त्यसपछि मात्र लोलसेडिङ हटाउन सकियो ।” मन्त्री शर्माले प्राधिकरणभित्र खान पल्केकाहरुको हर्कतविरुद्ध आफु कठोर भएर प्रस्तुत हुने चेतावन िदिनुभयो । आफु उर्जामन्त्री हुँदा लोडसेडिङको ग्रहुँगो भारी बोकेर गएको तर अहिले थोरै हल्का महशुस भएको अनुभव सुनाउदै उहाँले देशभर लोडसेडिङ हटाउने योजना बनाइरहेको जानकारी दिनुभयो ।
अर्को एक प्रसंगमा उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीयता विरोधी आन्दोलन गरिरहेको बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्ताव राष्ट्रलाई एकतावद्ध बनाउने प्रस्ताव भएको भन्दै मन्त्री शर्माले त्यसको विरोध गरेर एमालेले चुनावी राजनीति गर्न खोजेको बताउनुभयो । संविधान संशोधन प्रस्तावमा राखिएको ५ नम्बर प्रदेश एमाले र काँग्रेसले तयार गरेको प्रस्ताव अनुसार नै गरिएकोले त्यसको विरोध गर्नु औचित्यहीन भएको टिप्पणी गर्नुभयो । “एमाले संविधान कार्यान्वयन नदिने र संघीयता असफल पार्ने खेलमा लागेको छ” उहाँको भनाइ थियो । एमाले र मधेशवादी दलहरु मिलेर संविधान संशोधनको साझा प्रस्ताव ल्याए सरकारलाई मान्य हुने बताउनुभयो ।
मन्त्री शर्माले संविधानले देशलाई समाजवादमा लैजाने परिकल्पना गरेकोले सहकारीले आम जनतालाई समाजवादतर्फ अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सहकारीलाई पनि पार्टी संगठन चलाएजस्तो गरी चलाउने गरिएकोले सफलता पाउन नसकिएको तर्क गर्नुभयो । सहकारीलाई सहकारीकै सिद्धान्तअनुसार संचालन गरेर यसलाई जनतामा समाजवादी चेतना अभिवृद्धि गर्ने र समाजवादी संस्कृति फैलाउने साधनका रुपमा प्रयोग गर्नुपर्ने उहाँको धारणा छ ।
पूर्व उर्जाराज्यमन्त्री सूर्यमान दोङ, माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य युवराज चौलागाइ, माओवादी केन्द्रका काभ्रे जिल्ला अध्यक्ष प्रयासलगायतले शहीद कृष्णको परिकल्पना अनुसार स्थापित रसकमल सहकारीले जनतालाई समाजवादको दिशामा अघि बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहभागीहरुले विद्युत महशुल बुझाउने सन्दर्भमा उपभोक्ताले अनेकथरि समस्या भोग्नुपरेको गुनासो गरेका थिए । माओवादी जनयुद्धको बेलादेखि नै विद्युत महशुल भुक्तानीमा समस्या रहँदै आएको थियो । त्यतिवेला माओवादीहरुले विद्युत महशुल नतिर्न उपभोक्ताहरुलाई आव्हान गरेका थिए । उक्त आव्हान बमोजिम धेरैजसो स्थानीयले विद्युत महशुल बुझाएका थिएनन् । उपभोक्ताहरुले २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएयताको महशुल मात्र बुझाउने अडान लिएका छन् । त्यसअघिको विद्युत महशुल मिनाहा गर्नुपर्ने उनीहरुले माग गरेका छन भने सरकारले यसवारे ठोस निर्णय गरेको छैन ।
माओवादी जनयुद्धको क्रममा २०५९ जेठ २२ गते काभ्रे र सिन्धुलीको सिमानामा पर्ने नेपालथोकमा सेनाको गोलीबाट मारिएका कृष्ण बहादुर विष्ट रसकमलको नाममा स्थापित यस सहकारी संस्थामो ५ सय २९ शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पूँजी १८ लाख ९९ हजार २ सय रहेको छ । संस्थाको बचत रकम ३५ लाख ७२ हजार ३ सय १३ रहेको छ भने ८५ लाख ४५ हजार २ सय १८ ऋण प्रवाह गरेको अध्यक्ष निरञ्जन विष्टले जानकारी दिनुभयो ।
सहकारीको कार्यक्षेत्रअन्तरगत देउपुर गैरीविसौना, देउपुर नयाँगाँउ, चण्डेनी मण्डन, जैसीथोक मण्डन, महादेवस्थान मण्डन गाविस पर्दछन् । ‘मन–मनमा हर्ष र खुशी, घर–घरमा रसकमल स्मृति’ भन्ने नारासहित २०६७ सालमा स्थापित यस सहकारी नाफामा चलिरहेको शेयर सदस्य गोकुल डोटेलले जानकारी दिनुभयो ।

वि.सं.२०७३ मंसिर १८ शनिवार १३:४० मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...