back
CTIZAN AD

परर ताली

वि.सं.२०७६ पुस ८ मंगलवार

1.3K 

shares

विसं.२०६७ साल पौषमा प्रकाशित बाल निबन्ध सङ्ग्रह परर ताली हो । यस निबन्धमा निबन्धकारले विकासको बाटोतिर लम्किँदै गएको एउटा गाउँले विद्यालयका विद्यार्थीबारे बयान गरेका छन् । केही विद्यार्थी असल र कही उग्र स्वभावका हुन्छन् भनिएको छ्र । विद्यार्थीमध्ये वर्षा, दीपेश, शुभेच्छा, खैसरा र ओतिस छन् । विद्यार्थी जीवन र अनुशासनको सीमारेखालाई केन्द्रमा राखी मित्रवत् व्यवहार गरेर विद्यार्थीको चौतर्फी विकास गर्न सकिन्छ भनिएको छ । यस निबन्धमा ओतिसले निम्त्याएको समस्या र साथीहरुको सकारात्मक प्रेरणाले ल्याएको परिवर्तनले निबन्ध उपयोगी छ भन्ने देखाएको छ ।

निबन्धमा रहेका तीन खाले पात्रले नै निबन्ध बालबालिकाका लागि अति नै उपयुक्त छ । पहिलो त ओतिसले निम्त्याउने विभिन्न किसिमका समस्या त्यसको प्रभावले ओतिसमा आएको परिवर्तनले गर्दा निबन्ध बालक उपयोगी भएको बुझिन्छ । त्यसैगरी उसका साथीहरू खैसरा, शुभेच्छा, दीपेश र वर्षाले आनो साथी–साथीबिचको साथीत्व कायम गरी सही समयमा ओतिसको गल्ती खुलासा गरिदिए । उनीहरुकै सहयोगमा प्रधानाध्यापकले ओतिसलाई सम्झाई बुझाई गरी असल बाटो देखाए । उनीहरुको यस्तो प्रयास ओतिसलाई असल विद्यार्थी बनाउन सफल भयो । यसैमा साथीहरुले परर ताली बजाएकाले निबन्धको शीर्षक पनि मिल्न गएको छ ।

म टेलिफोन हुँ परर ताली निबन्ध सङ्ग्रहमा प्रकाशित यस निबन्धमा निबन्धकारले म पात्रका रूपमा राखी टेलिफोनको विकास क्रमलाई लिएर लेखेका छन् । फोनले मानवका लागि के–के कार्यहरू गर्छ भनी फोनका विविध विशेषताहरू कलात्मक र रोचक ढङ्गबाट प्रस्तुत गर्न खोजेका छन् ।

वर्तमान समयमा मानिसमाझ लोकप्रिय हुँदै गएको टेलिफोनले विश्वलाई साँघुरो बनाएको छ । मानिसका विभिन्न जटिल समस्याहरूको समाधानका निम्ति टेलिफोनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । जब मानिसले टेलिफोनबाट कुरा गर्छ, त्यतिखेरका मानवीय भावनाबाट आपूm चकित भएर पाहुनाजस्तै मान पाएको कुरा भनिएको छ । टेलिफोनको माध्यमबाट मानिस छिनभरमै देशविदेश पुग्न सक्छ । यसको प्रयोग दिन प्रतिदिन बढ्दै गएको छ । वर्तमान समयमा जीवनले गति पाउनका लागि टेलिफोनबाट मदत लिइरहेको छ । वैज्ञानिक चमत्कारमध्येको एउटा चमत्कार टेलिफोनले सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यसको प्रमुख कार्य समाचार ल्याउने लाने हो । समाज जति विकासको बाटोमा लम्केको छ उति धेरै फोनको उपयोग हुँदै आएकको छ । सञ्चारका विभिन्न माध्यम जस्तैः इमेल, इन्टरनेट तथा याक्सहरूमा पनि यसको माग बढ्न थालेको छ । त्यसैले यो जनसम्पर्कको छिटोछरितो र कामलाग्दो साधन बनेको छ । यस निबन्धमा टेलिफोनका क्रियाकलापबारे रोचक अभिव्यक्ति दिइएको छ ।

रमाइलो तानसेन
‘परर ताली’ निबन्ध सङ्ग्रहमा परेको ‘रमाइलो तानसेन’ निबन्धमा निबन्धकार छायादत्त न्यौपानेले पाल्पाली सभ्यताको प्रारम्भदेिख आजको चर्चा गरेका छन् । पुरानो सहर तानसेनमा भएको विकासलाई देखाउँदै, त्यहाँका विशेषताहरूको बयान गर्ने प्रयास गरेका छन् । चाडपर्व तथा रहनसहनका साथै त्यहाँको रमणीय वातावरणको बारेमा चर्चा गरेका छन् । प्राकृतिक गुणहरूले सजिएको यस क्षेत्रमा लोकसंंस्कृतिले मान पाउँदै पर्यटकहरूलाई पनि आकर्षण गर्दै गएको कुरा अभिव्यक्त गरिएको छ ।

वर्तमान समयका आधुनिक सुविधाहरू पाल्पामा पनि पाउन सकिन्छ । पाल्पाली ढाकाले देशभरि तथा विदेशमा पनि प्रसिद्धि पाएको कुरा गरेर नेपालकै नाम राखेको छ पाल्पाले भनिएको छ । वरपर धेरैतिरबाट आएर बसेका मानिसको सङ्गम स्थल भनेर चिनिने पाल्पाको तानसेन चार जात छत्तीस वर्णको साझा पूmलबारीझैँ छ । विभिन्न चाडपर्वमा हुने सामूहिक सहभागिताले सद्भाव कायम गरेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस सहरमा आर्थिक, भौतिक र सामाजिक उन्नति पनि त्यत्तिकै राम्रो छ । भौगोलिक हिसाबले पनि ठिक्क मिलेको यो सहरमा सजिलै आउजाउ गर्न सकिन्छ । तानसेनलाई पहाडी तर सुगम सहर भनी बयान गरिएको छ ।

कसरी बने कवि लेखनाथ
बाल निबन्ध सङ्ग्रह परर तालीमा रहेको ‘कसरी कवि बने लेखनाथ पौड्याल’ कवि लेखनाथ पौड्याल कसरी कवि बने भन्ने प्रश्नको रमाइलो उत्तर दिइएको छ । उनको मनमा कवि बन्ने रहर कसरी जाग्यो भन्ने सन्दर्भ छ । यो कविशिरोमणि लेखनाथ पौड्यालको मिहिनेती स्वभावलाई केन्द्रममा राखी लेखिएको निबन्ध हो । यो निबन्ध उनको लगनशील व्यवहारसँग सम्बन्धित छ । लेखनाथ पौड्यालको समयकाल जन्मस्थानबारे सूचना पनि दिइएको छ । उनी राणा दरबारका पण्डित थिए पनि भनिएको छ । लेखनाथ संंस्कृत भाषाका विद्वान् थिए । उनी अन्तिममा देवघाटमा बसेका थिए जस्ता जानकारी दिने प्रयास भएको छ । त्यसैले यो निबन्ध पठनीय लाग्छ ।
नेपाली कवितालाई शिष्ट, सुन्दर र सचेत रूप दिएर परिष्कारवादी उच्चता प्रदान गर्ने कविशिरोमणि लेखनाथ पौड्यालले काका पितृप्रसादबाट प्रभावित भई कविता लेख्न थाले भन्ने कुरा प्रस्ट्याइएको छ । गाईवस्तुका साथ जङ्गलतिर गएका बेला कविता लेख्न सिकाइदिन अनुरोध गर्दा काकाको मुखबाट निस्किएको ‘कविता लेखन त बुद्धि चाहिन्छ र धेरै पढ्नुपर्छ’ घोच्ने वचनबाट हौसला पाएर अघि बढेका उनी एक सफल कवि बने भनिएको छ । उनले लेख्दालेख्दै कापीकलम सकिएर बाँसका सुप्ला र चौतारीका ढुङ्गामा समेत कविता लेख्दै गए । सँगसँगै उनको पढाइ पनि राम्रो हुँदै गयो । उनको पढाइले निरन्तरता पायो । उनी काठमाडांैं आई संस्कृत पाठशालामा बसेर उत्तरमध्यमासम्मको अध्ययन पूरा गरे भन्ने जानकारी दिइएको छ ।

हरियो वन नेपालको धन
‘परर ताली’ नामक निबन्ध सङ्ग्रहमा राखिएको ‘हरियो वन नेपालको धन’ निबन्धमा निबन्धकार न्यौपानेले प्रकृतिले भरिपूर्ण सुन्दर मुलुक नेपालमा पर्यावरणीय सन्तुलन र जैविक विविधता छ । भौतिक विकासमा पछि रहे पनि सांस्कृतिक मूल्य र प्राकृतिक सुन्दरतामा नेपालको नाम उच्च रहेको कुरा सरल ढङ्गबाट अभिव्यक्त गरिएको छ ।

प्रस्तुत निबन्धमा निबन्धकारले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको विविध जैविक विशेषता देखाएर जडीबुटी सम्पन्न मुलुक हो भनी चिनाएका छन् । हरियो वन नेपालको धन भन्ने भनाइ त्यत्तिकै रहेको होइन । यहाँका प्राकृतिक विशेषताहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरा पनि औँल्याइएको छ । विविध जीवजन्तुको भावनालाई केन्द्रमा राखी तिनको सुरक्षा कसरी गर्न सकिन्छ र सुरक्षा गर्दा वातावरणमा के कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि देखाइएको छ । यहाँका प्रशस्त हिमालयले गर्दा त्यहाँको सौन्दर्य बढेको छ । भौगोलिक हिसाबले हिमाल, पहाड र तराईको हावापानी पनि सोही अनुसार फरक–फरक रहेको छ भनिएको ।

प्रस्तुत पुस्तकमा निबन्धकारले बालबालिकाका लागि उपयुक्त हुने गरी सामान्य विषयवस्तुलाई सरल भाषामा व्यक्त गरेका छन् । उनका निबन्धले बालबालिकाको बाहिरी ज्ञानलाई प्रस्फुटन गर्ने कार्य गरेका छन् । उनका बालनिबन्ध सङ्ग्रहले बालबालिकाको सिर्जनात्मक चौतर्फी विकासका लागि आवश्यक पर्ने अनुशासन तथा ज्ञान बढाइदिएका छन् । नेपालको प्राकृतिक सुन्दरता वर्णन गर्दै यहाँका रमणीय स्थलहरूको चर्चा गरेका छन् । उनका यी निबन्धले विशेष सन्देश बोकेर देशको राम्रो विकासका लागि आवश्यक पहल गर्न सुझाएका छन् ।
लेखकः रत्नराज्य स्कुलका विद्यार्थी हुनुहुन्छ ।

छायादत्त न्यौपाने बगर र उनका भाषा साहित्यिक कृतिहरूलाई विषय बनाएर ५९ जना समालाेचकद्वारा लेखिएको वाङ्मयसेवी छायादत्त समालाेचना सँगालाेबाट क्रमश: प्रस्तुति गरिएको छ । सत्याल प्रकाशन एन्ड डिष्ट्रिब्युटर्स प्रा.लि. प्रकाशक रहेको यो पुस्तकको सम्पादक तेजविलास अधिकारी र रामचन्द्र फुयाल रहेका छन् ।

वि.सं.२०७६ पुस ८ मंगलवार १५:३८ मा प्रकाशित

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...