back
CTIZAN AD

कुवेत नेपाली एकता समाजको प्रथम राष्ट्रिय भेला सम्पन्न

वि.सं.२०७३ मंसिर २५ शनिवार

1.4K 

shares

oman-yekta-bhela-2073-1

कुवेत नेपाली एकता समाजको प्रथम ऐतिहासिक राष्ट्रिय भेला ९ डिसेम्बर २०१६ का दिन सम्पन्न भएको छ ।
निम बुढाको सभापतित्वमा अन्तराष्ट्रिय नेपाली एकता समाजका सदस्य धर्मराज उपाध्यायको प्रमुख आतिथ्यमा तथा नेपाली राजदूतावास कुवेतका प्रथम सचिव अम्बिका जोशीको विशेष उपस्थितिमा उद्घाटन गरिएको सो समारोहमा हिमाल जिसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन समितिका महासचिव खुमबहादुर रायमाझीले गर्नुभएको थियो ।
oman-yekta-bhela-2073-2

कुवेतमा स्थापित विभिन्न संघसंगठनका प्रतिनिधीहरूले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने विभिन्न देशका एकता समाजहरुले पठाइएको शुभकामना पत्रहरु पढेर सुनाइरहेको थियो ।
नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको लागि सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने कुरामा जोड दिदै गत मंसिर १४ गतेका दिन संसदमा दर्ता गराईएको संविधान संसोधन विधेयक नेपाली राष्ट्रियता र स्वाधिनताको हित विपरित तथा देशलाई नै टुक्रयाउने खालको उद्धेश्य प्रेरित भएको हुँदा सबै मिलेर यसको प्रतीरोध गर्नु पर्ने अधिकाङ्श वक्ताहरुको भनाइ रहेको थियो ।
सो राष्ट्रिय भेलाले अनिल रसाइलीको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समितिको निर्माण गरिएको छ । जसअनुसार उपाध्यक्ष धर्मराज उपाध्याय, उपाध्यक्ष हेमबहादुर पुन, महासचिव खुम रायमाझी, सचिव कृष्ण अधिकारी, कोषाध्यक्ष आशा शेरबुजा मगर र सदस्यहरुमा अभिषेक परियार, लोकमणि भण्डारी, ओम कार्की, जनक भुसाल, दुर्गा परियार, रमेश केसी, र भोजराज पौडेल रहेका छन । सोही भेलाले तीन सदस्यीय सलाहकार समितिको पनि चयन गरिएको छ । जस्मा निम बहादुर बुढामगर, हिमाल जिसी र रन रसाइली रहेका छन ।
सेप्टेम्बर १२, २०१४ मा स्थापित कुवेत नेपाली एकता समाजले स्थापना भएको दुई बर्षको अन्तरालमा प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सफल भएको छ ।

वि.सं.२०७३ मंसिर २५ शनिवार १४:५५ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...