back
CTIZAN AD

लघुकथा : चिडियाघरको सिंह

वि.सं.२०७६ फागुन १७ शनिवार

945 

shares

पुष्टे कान्छो गरिबीले पिल्सीएपछि जागिरखोज्दै एउटा चिडियाघरमा पुगेछ । त्यहाँ चिडिया घरमा भालु मरेर भालूको वाड खाली भएकोले धेरै दर्शकहरूको टोकेसो चिडियाघरका प्रवन्धकले भोगिरहेका थिए । यत्तिकैमा पुष्टेको भेट प्रवन्धकसित भएछ । उस्ले चिडियाघरमा नोकरी पाईन्छ कि भनेर प्रश्न गरेछ ।

प्रवन्धकले उसलाई भनेछन “भाई तिमी भालुको छाला लगाएर भालुकै अभिनय गर्न सक्छौ ?’

पुष्टेले अनकिनिदै भन्यो “सर पहिले त सिकाउनुहुन्छ होला नि ?’ अँ सातदिनको ट्रेनिंग हुन्छ त्यसपछि वाडामा पसेर भालु भएर बस्ने हो कुरा बुझ्यौ ?’ प्रवन्धकले भन्यो ।

पुष्टेले प्रस्ताव स्वीकार्दै तालिम सकेर भालुको अभिनय गर्ने काम शुरुगर्यो । एकदिन रूखको ठुटामा चडेर उफ्रिउ भन्दा पुष्टेको खुट्टा चिप्लेर सिंहको वाडामा खस्न पुग्यो । उसको मुटुले ठाँउ छोड्यो सातोपुत्लो हराएको पुष्टेको छेउमा बाघले आएर कानमा विस्तारै साउति गर्दै भन्यो ‘नडराउ न साथी बरू आँखा खोलन हौ । म त एक महिनादेखि खैनी खान नपाएर बौलाउन आँटी सकेँ । एक फाँको खैनी दिन्छौ कि भनेर ठुलो आशा बोकेर पो आएको त -बाघले एउटा आँखो झिमिक्क झिम्क्याँउदै हात थाप्यो ।

राम्ररी नियालेर अनुहारमा हेर्दा त अस्ति एकमहिना अगाडि कम्पनिको सुपरभाईजर हुँ भनेर धक्कुलाँउने गाँउकै बोगटी साँईलो पो र छ ।

वि.सं.२०७६ फागुन १७ शनिवार १०:२० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...