मेरो मन र बोली
मेरो नियन्त्रणमा कहिल्यै छैन्
कहिले खुसी र प्रफुल्ल हुन्छ
प्रसंसा गरेर कहिल्यै थाक्दैन ।
कहिले किन हो यसै मन कुडिन्छ
रिसाउंछ, उदण्ड हुन्छ
गलि गरेर कहिल्यै थाक्दैन ।
पहिले थाहा थिएन
मन किन आफै खुसी र दुःखी हुन्छ
किन आफैं उत्ताउलिन्छ ।
भरखरै थाहा पाउंदै छु
प्रगतीमा यो सधैं रमाउदो रहेछ
राम्रोमा मन सधैं हांस्दो रहेछ
बोलिमा सुन्दर बांणी निस्कदो रहेछ ।
जब नराम्रो सुन्छ र देख्छ
अनाहक मै आनियन्त्रित र हिस्रक हुन्छ
उदण्डतामा के बोल्यो के गर्यो पत्तै छैन् ।
त्यसैले
मेरो मनलाई खुसी र सिर्जनशिल बनाउन
कथनि र करणीलाई एउटै बनाउ
माया गर धोखा नदेउ देशलाई ।
विश्वास र आस्थामा चोट नलाग्दसम्म
सत्य र ईमानदारीमा चलुन्जेल
मन सधैं खुसी हुन्छ, प्रसंसामा थाक्दैन ।
फेरि भन्छु ईमानदार बन्
पन्चशिलको पालना गर
तपाईको प्रसंसामा मन र बचन लागिरहने छ ।
यदि
तपाई भित्रको ईमानदारीता मरेको दिन
मेरो मन उदण्ड हुनेछ, हिंस्रक हुनेछ
त्यतिबेला न मनै रहने छु न तपाई ..!
वि.सं.२०७६ फागुन १७ शनिवार १०:२१ मा प्रकाशित






























