अपरिचित कोही
परिचित हुँदाहुदै
मन मुटु साटिन पुग्दा
आफु यता उनी उता
पीडा त हुन्छ नै
खुल्दुली बढिरहनु
सायद नौलो कुरा
होइन कि !!
मनभरी उकुस मुकुस भएको
तरंगलाई उनी सामु
पस्किदै सुनसान रातमा
प्रियसीको साथमा
बातको मज्जा बेक्लै
हुन्छ रे साईलालाई
अचेल निकै गफिन थालेको
आभास हुन्छ ऊ !!!
क्षितिज पारी रहेकि
उनको प्रेमिकाको
मन्द मुस्कान
सुमधुर बोली
सुनिरहुँ लाग्छ
अचेल भन्छ
साईला भेटेको
थिएँ रत्नपार्कमा
बेरोजगार युवाको
बाक्लो भीडमा !!!!
मनका सारा भावनालाई
दुःख सुखको चौतारीमा भेट्दा
साईलाको मन
खुशीमा परिणत
हुन्छ रे
रातभरी कुरा
गर्दा पग्लिएर
मन तताएको
नौनी झै हन्छ रे
साईलाको मन !!!!!
आजकाल साईलाको मनलाई
पुर्वीय बायुले
निकै पछ्याउन
थालेको महशुस हुन्छ
मनकी मायालुसँगको
मिठो बातमा
मिठो मुस्कानमा
हराउन थालेको
छ साईला !!!!!!
भिडियोमा कुरा गर्दा
उनकै समिपमा
उनकै काखमा
उनकै हातमा
भएको अनुभव
कति खेर उज्यालो
हुन्छ पत्तै हुदैन रे
तर, बाई भन्दा
उनी र उनको
मुटुको धड्कन
पल्मोनरी धमनी
बढेर आँशुका धारा
अनायसै बग्दा
मायाको परिभाषा
खोजीराछ साईला
मेरो त एउटै
उत्तर अनुभवहीन मान्छे
माया भन्ने चीज
जानेर जानिन्न बुझेर बुझिन्न
जस्तै महासागर !!!!!!!
साईलाको निन्द्रा
पुग्दैन आजभोली
उनकै यादमा
तडपिएर बस्छ
एकान्त ठाँउमा
बिचरा आलाकाँचा
बुझ्दैन जीन्दगी
खै कस्तो पिरती
बिचरा साईला !!!!!!!!
वि.सं.२०७६ फागुन २४ शनिवार १०:१० मा प्रकाशित






























