back
CTIZAN AD

मुक्तक

वि.सं.२०७६ फागुन २४ शनिवार

909 

shares

१.
संघर्षमा पसिनाको आगो दन्काउनु छ
हार माथि विजयको बिगुल घन्काउनु छ
कहाँ यसै अघि बड्छ जिन्दगीको नाउ,
बाटो छेक्ने तगारोलाइ परै पन्छाउनु छ ।

२.
सिकारिको जालमा कोहि पर्नु नपरोस्
निर्मलाले जस्तो कसैले मर्नु नपरोस्
तयार छु काँडा बन्न फूलको रक्षा हुन्छ भने,
कोपिलामै निर्दोष फूलले झर्नु नपरोस् ।

३.
कहिले वैगुन कहिले गुनले मार्छ मान्छेलाई
कलेजीमा पसे पछि घुनले मार्छ मान्छेलाई
पेटमा राँको बले पछि निभाउने आँसु रैछ,
कहिले चामल कहिले नुनले मार्छ मान्छेलाई ।

४.
नाटकको पर्दा सर्यो दृश्य सामुन्ने छ
आँखाबाट आँसु झर्यो दृश्य सामुन्ने छ
खलपात्र थियो ऊ नायक ठान्ने भुल गरें,
माया माथि छाया पर्यो दृश्य सामुन्ने छ ।

५.
मकै भट्ट नुन ढिक्की र खोर्सानी बिर्सियौ
बालसखा बचपनको कहानी बिर्सियौ
शहरमा बियरले मुख धुन थाले देखि,
कुँवा र जरुवाको मीठो पानी बिर्सियौ ।

ठिमी ९-राधे राधे, भक्तपुर

वि.सं.२०७६ फागुन २४ शनिवार १०:०९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...