back
CTIZAN AD

कविता : एक निमेशको परिबेश

वि.सं.२०७६ फागुन २४ शनिवार

807 

shares

एउटा शून्य परिबेशमा
निमेशभरको गतिले
खै कसरी टेकियो तिम्रो जस्केलो
र उभिएँ सम्मुखमा ?

उभिने बित्तिकै
कसरी एकाकारमा डुब्दै गए आँखा
दुईबाट चार हुँदै चारबाट एकमा
रनभुल्ल छु

दिमाख खुलेको छैन
आखाँ ढाकिएको छैन
ढोकामा खापाहरू लागेका छैनन्
पर्दाहरू खुला छन्
झ्यालबाहिरबाट घाम हेरिरहेछ
परन्तु एकजोर आँखा
कतिबेला डुबे छातीसम्म

होस भनौं कि बेहोस
परिबन्द भनौ की अठोटको खुसी
कामिरहेका ओठ अब्यक्त छन् अझैपनि
डर पनि कति अनौठो हुँदोरहेछ
परिबेश अनुभव नै रहेछ

कसरी पग्लियो मइनजस्तै मन
र समाप्त भयो
चट्यांगको बिजुलीजस्तै आँखाको ज्योति

तब पो देखियो
आफु अगाडिको बाटोमा भएको अन्धकार
हो त्यही उज्यालोको अन्धकारमा
तिमी खोज्दै थियौ खुसी
जहाँ म हराइरहेको थिएँ

थाहा छ
आवाज ठोकिएको कानमा
दृश्य पोखिएको आँखामा
बन्दी भएको अकल्पनीय परिबेश
हावाको झोक्का जसरी
उदाँगा झ्याल ढोकामा ठोकिएर हराएको
बन्द भएर निमेशभरमा खुलेको आँखामा
घाम पोखिएको
परन्तु
चाहनालेमात्र हुँदैन रहेछ खुसी
निमेशभरमा बिश्वास बदल्दो रहेछ समय
र त
बन्द पर्खालमा छेकिएको
सर्वागंको कैदी संझना
बाँकि बस्यो जीवनभरिलाई पेवा

वि.सं.२०७६ फागुन २४ शनिवार १०:०६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...