back
CTIZAN AD

मुक्तक

वि.सं.२०७६ फागुन २४ शनिवार

1K 

shares

१.
चाकरी चाप्लुसी रुँचाइनं र, तिमीसंग अपरिचित हुँदै गएँ
देखें रङ्गमञ्च अनौठो अनौठो र, झनझन् चकित हुँदै गएँ
म मान्छे हुँ त कसरी हुन सक्छु डमि,कठपुतली अनि बस्तु,
मान्छे हुनका बोधले नै बुख्याँचाका सभामा बन्चित हुँदै गएँ ।

२.
यो भाग्यले चकानो रातमा अतास पठाउँछ
आफन्तले पनि सपना उडाउने बतास पठाउँछ
खै कसरी हो, यी धारमाथि खुट्टा टेकेर हिँड्ने,
छिमेकी र समाजले अनेक बकवास पठाउँछ ।

३.
जसरी जानेहरु सम्झनाका कहर छोडेर जान्छन्
कसरी भनुँ अक्सिजनमै जहर घोलेर जान्छन्
आमा हुँदा र वालापन छँदा मागेकै हो आकाशको जुन,
दैवले भेद गरेपछि बलजफ्ती रहर उखलेर जान्छन् ।

४.
तपाई निसाना लगाउनु हुन्छ, धार लगाउनु हुन्छ
बल्लतल्ल संगालेको मेरो खुसी कटाउनु हुन्छ
उपकारी गुणी कसरी भनुँ हजुरलाई भन्नू त,
सम्झाएर प्यास तपाईंले समुद्र देखाउनु हुन्छ ।

५.
जसरी यहाँ धर्तीलाई आकासको भरोसा छ
उसैगरि मलाई सधैं त्यो बतासको भरोसा छ
अरे यार!नानाथरी नसोध भो, सिर्फ म बाँचेकोछु ,
ऊ त्यहीँ क्षितिजमा देखिने प्रकाशको भरोसा छ ।

वि.सं.२०७६ फागुन २४ शनिवार १०:१३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...