back
CTIZAN AD

कविता : दिग्गजहरुका भीडबाट

वि.सं.२०७६ फागुन २४ शनिवार

975 

shares

विगतमा कहिलेकाहीं,
मलाई अति खुशी लाग्थ्यो
गौरव महशुश हुन्थ्यो
म विशाल चिन्तकहरुको
भीडमा छु भनेर
म वेदव्यास, बाल्मीकि,
होमर,आईन्स्टाईन,थोमस
अनि कौटिल्यहरुको साथमा छु
समाजशास्त्री,मानवशास्त्री
दार्श्निक, लेखक, चिन्तक
अर्थशास्त्री, राजनैतिक व्यक्तित्वहरु
इतिहासविद्, साहित्यकार
अनि भूगर्भ्विद्हरुको
भीडमा छु
त्यसैले त म
दिग्गजहरुका भिडबाट
शब्द बोलिरहन्थें ।

शास्त्रका कुरा आउँथ्यो जब
आफैले देखे झैं,आफैले लेखे झैं
प्रतक्ष्यदर्शी आफू बनि
मानौ बयान सुनाए झैं
सुन्थें जब वृतान्त
’ए’ र ‘अँ’ फर्काउँथें
प्रत्युत्तरमा
इतिहास अनि भूगोलको
आउँथ्यो जब वार्तालाप
जलमग्न नेपाल आफैले
बसोबास योग्य बनाए झैं
कोतपर्वमा चियाए झैं
वासिङ्टन हिजैमात्र पुगेर आए झैं
भूमध्यरेखाको निर्णयार्थ
आफू पनि संलग्न भए झैं
पाटलीपुत्रको व्यापारी आफै र
मूलसर्वा्स्तिवाद विनय संग्रह
उनीहरुबाटै लिखित भएको
आभाष दिने वृतान्त सुन्थें ।

आउथ्यो कुरो जब विकासको
सुन्थें कुरा इन्जिनियरिङको
राजनीतिको थालनी
उनीहरुबाटै भए झैं
अर्थ,व्यापार,राजनीति
देशकाल,परराष्ट्र नीति
सबै सबैको वृतान्त सुनिरहन्थें
दिग्गजहरुका भीडबाट
अनि त लाग्थ्यो,
अब त म पनि बहुमुखी बन्दैछु ।

दिग्गजहरुको कुरा मात्र सुनिरहने
एक चुत्थो पात्र मात्र म
धेरै सुनें, धेरै बुझें
केवल सुनिरहनु र
ए र अँ का शब्दहरु त
केवल निम्छरो संकेत मात्र रहेछ
तिम्रा कुराहरुमा कति छ सत्यता ?

खुट्याउँदैछु अचेल
सकरात्मकता र सत्यता एकातिर
दुनिया सामु दिग्गज बन्नका लागि
जानेकै अभिनय मात्र गरेका रहेछौ
तिमी त जंगबहादुर,
जयस्थिती बन्न मात्र खोजेका रहेछौ
आजसम्म दिग्गजै ठानें तिमीलाई
तर आजबाट म टाडा हुदैछु
दिग्गजहरुको भीडलाई छाडेर
एक्लिदैंछु क्रमश
केवल एक्लो
दिग्गजहरुको भीडबाट ।

 सूर्योदय न.पा. ७ गोगने
कन्याम,इलाम

वि.सं.२०७६ फागुन २४ शनिवार १०:१९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...