आस्था बन्धक राखेर
अनास्थाका बिस्कुनभित्र
पद पैसा र नयाँ पति साटासाटसँगै
नाङ्गो बजारभाउ
किन्दैछन् नारीहरू ।
आफ्नै घर आगो लगाएर
पत्नी,पुत्र,पुत्रीका मनोविज्ञान
जलाएर भुसको थैलोमा
खाएको लादी सिवाय केही नभएका
तर
अर्काका पति फकाएर उसकै पत्नीसँग
बारमा,रेष्टुराँमा,साहित्यिक कार्यस्थलमा
तिनकै पत्नी नचाउँदै
निर्लज्जताका नाँच नाँचिरहेछन्
लाज,घीन पचेका नराधम पुरुषहरू ।
देशको शिखरमै निर्लज्जता भएपछि
यिनलाई के डर ?
-ज्यानमाराका राजमा
-बलात्कारीका कवाचमा
भ्रष्ट र घुस्याहा जोगाउन
राज्यको सर्वोच्च शिखर नै
तत्पर भएपछि
जार जारले काँध जोडेर
अङ्कमालमा लाम लागेपछि
पतिपतिमा
पत्नीपत्नीमा
साटासाट हुन
म्याराथन चलिरहेछ
निर्लज्ज बजारिया-पुरुषहरूको
बेशरम बजारिया-नारीहरूको ।
वि.सं.२०७६ फागुन २४ शनिवार १०:२३ मा प्रकाशित






























