back
CTIZAN AD

कविताः मृत्यु र त्रास

वि.सं.२०७६ चैत १ शनिवार

861 

shares

अदृष्य बनेर
हावाको झोक्कासंगै
मृत्यु बोकेर ऊ
किन आउँछ ?
घरिघरि
जलाउन मान्छेका सपनाहरु ।

त्रास र आतङ्कको
भुमरीमा कुँडुलो पारेर
बेहिसाव निमोठेर
मान्छेका ईच्छाहरु
उसको नामबाटै
उसको स्पर्शको
पहिलो झड्काबाटै
प्रताडित बनेर
मान्छेका रहरहरु जल्छन्
नदी किनाराका घाटहरुमा ।

लथालिङ्ग हुन्छन्
त्यत्तिखेर ईच्छाहरु
जतिखेर
हारेको हुन्छ आफू भित्रको
मान्छेसंग
मान्छेले ।

अनभिज्ञ छ ऊ
कति डसिरहने हो अभावले
बेखवर छ ऊ
कतिखेर सिकार बनाउँने हो रोगले
र बदल्ने हो
यो सुन्दर सृष्टिलाई अभिशापमा ।

जब आफ्नै
ममताको आलिङ्गनबाट
खोसिन्छ
एउटा कोमल हृदय
र अनि लुटेर लान्छ उसले
सधैंका लागि ।

न जात छ उसको
न धर्म छ
नौलो नामधारी
दुश्मनी मोल्न आएको ऊ
कतिलाई सिध्याउँछ
कतिलाई अधुरो बनाएर जान्छ ।

गाहृो त नदीहरुलाई पनि हुन्छ
लास बोकेर बग्न
प्रकृतिकै सृष्टि हो नदी
अरुलाई जस्तै बोझ
उसलाई पनि हुन्छ
खरानी बगाउँदै बगेपछि
गति हराउँछ नदीको
बदलिन्छ रुप पनि ।
त्यसैले
दुश्मन बनेर नआएको राम्रो
मेरो गाउँ
र मेरो देशमा ऊ ।

वि.सं.२०७६ चैत १ शनिवार ०९:१८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...