back
CTIZAN AD

कविताः मृत्यु र त्रास

वि.सं.२०७६ चैत १ शनिवार

834 

shares

अदृष्य बनेर
हावाको झोक्कासंगै
मृत्यु बोकेर ऊ
किन आउँछ ?
घरिघरि
जलाउन मान्छेका सपनाहरु ।

त्रास र आतङ्कको
भुमरीमा कुँडुलो पारेर
बेहिसाव निमोठेर
मान्छेका ईच्छाहरु
उसको नामबाटै
उसको स्पर्शको
पहिलो झड्काबाटै
प्रताडित बनेर
मान्छेका रहरहरु जल्छन्
नदी किनाराका घाटहरुमा ।

लथालिङ्ग हुन्छन्
त्यत्तिखेर ईच्छाहरु
जतिखेर
हारेको हुन्छ आफू भित्रको
मान्छेसंग
मान्छेले ।

अनभिज्ञ छ ऊ
कति डसिरहने हो अभावले
बेखवर छ ऊ
कतिखेर सिकार बनाउँने हो रोगले
र बदल्ने हो
यो सुन्दर सृष्टिलाई अभिशापमा ।

जब आफ्नै
ममताको आलिङ्गनबाट
खोसिन्छ
एउटा कोमल हृदय
र अनि लुटेर लान्छ उसले
सधैंका लागि ।

न जात छ उसको
न धर्म छ
नौलो नामधारी
दुश्मनी मोल्न आएको ऊ
कतिलाई सिध्याउँछ
कतिलाई अधुरो बनाएर जान्छ ।

गाहृो त नदीहरुलाई पनि हुन्छ
लास बोकेर बग्न
प्रकृतिकै सृष्टि हो नदी
अरुलाई जस्तै बोझ
उसलाई पनि हुन्छ
खरानी बगाउँदै बगेपछि
गति हराउँछ नदीको
बदलिन्छ रुप पनि ।
त्यसैले
दुश्मन बनेर नआएको राम्रो
मेरो गाउँ
र मेरो देशमा ऊ ।

वि.सं.२०७६ चैत १ शनिवार ०९:१८ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...