back
CTIZAN AD

वंगलादेशमा नेपाली क्यालेन्डरको विमोचन

वि.सं.२०७६ चैत २ आइतवार

945 

shares

२ चैत, बंगलादेश । वंगलादेशमा नेपाली क्यालेन्डरको विमोचन गरिएको छ । संसारभरीका नेपाली विद्यार्थीको संस्था ‘विश्वव्यापी नेपाली विद्यार्थी संगठन’ (WNSO ) वंगलादेशको आयोजनामा वंगलादेशका लागि नेपाली राजदूत डा. वंशिधर मिश्रले वि.स २०७७ को नेपाली क्यालेन्डरको बिमोचन गरेका हुन् ।

 

डब्लुएनएसओ बंगलादेश च्याप्टरका पूर्वसभापति तथा बर्तमान प्रमुख सल्लाहकार डा. राकेश साहको अध्यक्षता तथा राजदूत डा. मिश्राको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रमुखअतिथि मिश्रले क्यालेन्डरको पाँचौ संस्करणको विमोचन गर्दै नेपाली विद्यार्थीहरुले गरेको सो कार्यको प्रसंसा गरेका थिए । राजदूत मिश्रले संगठनले खेलेको भूमिका सह्रानिय रहेको बताउँदै आगामी दिनमा नेपाली विद्यार्थीहरुलाई खुराक पुग्ने गरी थप प्रकाशन हुने अपेक्षा व्यक्त गरेका थिए ।

कार्यक्रममा उनले संगठनमा निर्वाचित कार्यसमितिका सदस्यलाई सम्मान गर्दै उत्प्रेरणा दिएका थिए ।

सन् २००८ देखि बंगलादेशमा सक्रिय रहेका र हाल स्नाकोत्तर गरिरहेका डा. राकेश शाहले पढाइलाई प्राथमिकता दिँदै समाजसेवामा समय व्यवस्थापन गर्ने आफ्ना अनुभुति सेयर गरेका थिए भने शेरे वंगला कृषि विश्वविद्यायलको विद्यार्थी समेत रहेका नवनिर्वाचित सभापति निरज कुमार यादवले संगठन मार्फत् विद्यार्थीको हितका लागि थप सक्रिय हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ चैत २ आइतवार १४:१४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...