back
CTIZAN AD

ख्याल गरौं, चिन्ताले चितामा छिटो चढाउछ !

वि.सं.२०७६ चैत १५ शनिवार

786 

shares

अहिलेको विश्व परिवेश अति नै त्रासदीपूर्ण अवस्थामा गुज्रीरहेको छ ! हाम्रो मनोबल पहिला भन्दा अझै उच्च राख्नु पर्ने जरुरी छ । मानसिक रूपमा कमजोर भयौं भने सामान्य अवस्थामा भन्दा धेरै समस्या थपिंदै जानेछन् र अहिलेको भन्दा झन् ठूलो नोक्सानी हुन सक्नेछ । अप्ठ्यारो घडीमा मैले अहिलेसम्म प्रयोग गर्दै आएको एउटा सूत्र तपाईंहरु समक्ष शेयर गर्न चाहन्छु ।

क) संभावित परिणामको पूर्ण आँकलन गर्ने,

ख) हुन सक्ने क्षतिलाई सके सम्म कम गर्न कोशिश गर्ने,

ग) कुनै पनि अवस्थालाई सहज रूपमा स्वीकार गर्ने ।

अहिले हामीले सबैभन्दा बढी चिन्ता गरेको विषय भनेको मृत्यु नै हो । यसलाई न कसैले टारेर टार्न सक्छ न त कसैले चाहेकै हुन्छ । तर मरिन्छ भनेर जे पायो त्यहि गर्न भने हुँदैन । हाम्रा सचेत क्रियाकलापहरुले मृत्युलाई केही पर घचेट्न भने सक्नेछौं । मानव विकासको इतिहासमा यस्ता धेरै घटनाहरू घटे तर प्रविधि विकासको छलाङले गर्दा पहिला जस्तो यो अनभिज्ञताको विषय भने बन्न सकेन । सबैले सबै कुरा सेकेन्ड भरमा थाहा पाउँदा हाम्रो चेतनाले पनि छिटो छिटो प्रतिक्रिया जनाउन थालेका कारण हामीमा बढी डर लाग्नु स्वाभाविक हो ।

रोगको गति र अपत्यारिलो सन्जाल हेर्दा संसारका बहुसंख्यक मानिसहरूलाई यो समस्याले प्रभावित पार्ने देखिन्छ । तर सबै मानव जाति निमिट्यान्न भने हुने छैन । यो कहर पनि बितेर जानेछ, फेरी नयाँ पालुवा पलाउनेछ । आउने समाजमा नयाँ विधि, नयाँ अध्याय शुरू हुने नै छ । ती व्यवस्थामा हामी भएपनि परिवर्तन हुने छन्, हामी नभएपनि परिवर्तन हुने नै छन् । शतप्रतिशत जीवनआयु बाँच्ने स्वार्थ मानवीय गुण हो र हामी जस्तोसुकै अवस्थामा पनि आफ्नो र आफ्नाहरुको सुरक्षाको चासोलाई चनाखो भइ चाख मानेर हेरिरहेका हुन्छौ, गुनीरहेका हुन्छौं । तर सबै प्रक्रियामा हाम्रो सधै सहभागिता अनिवार्य छ जस्तो ठानिनु भने हुँदैन । बरु हाम्रो अनुपस्थितिमा पनि हाम्रो सम्झना बाँकी रहने कामहरु गर्दै जानु पर्दछ । आफ्नोतर्फ बाट अपनाउनु पर्ने सम्पूर्ण होशियारी अपनाऔं । परिवार, साथीभाइ, छरछिमेकीहरुसँग नियमित सम्पर्कमा बसौं ।

अकल्पनीय रुपमा प्राप्त यो महत्वपूर्ण समयलाई सही सदुपयोग गरौं । भविष्यमा लेखिने इतिहासमा यो केवल कालो अध्यायको रूपमा चित्रण नगरी मानवता र प्रविधी बीच प्रकृतिले कसरी सामजस्यता ल्याउंदोरहेछ भन्ने प्रमाणित गरोस। हामीले बाँचेको यो समय मानवीय विकासमा एउटा महत्वपूर्ण कोशे ढुंगा साबित हुनेछ ।

पूर्वीय दर्शनमा एउटा अचम्मको विश्वास सर्बव्यापी छ, तिमी एक पाइला उठाउ, उसले हजार पाइला जोडाउछ । उ तत्व सर्वव्यापी प्रकृति तत्व हो, जसलाई धर्मले ईश्वर भनेपनि मानवीय उच्चतम् विवेकको अवस्था हो त्यो। अहिले यो रोगको महामारीमा मृत्युको भयले असहाय भइ हामी जसरी छटपटाएका छौं अन्ततः समर्पण बाहेक अर्को कुनै उपाय छैन । आत्मविश्वास बलियो बनाऔं, आफैप्रति समर्पण जनाऔं, प्रकृतिप्रति समर्पण जनाऔं र अस्तित्वलाई धन्यवाद दिउं ताकी यस्तो सुझबुझ र मनोरम जीवन उपहार दिएकोमा अनुग्रहीत होउं । हरक्षण पहिलो र अन्तिम क्षण मानेर उत्सवपूर्वक मनाऔ । सबैमा आफैप्रति सतर्क रही आन्तरीक तथा बाह्य स्वतस्फुर्त अनुभूती गर्न अनुरोध गर्दछु । सांसारिक सम्बन्ध त हामीले एक दिन यो वा त्यो बहानामा तोड्नु नै छ ।

विदेशमा अड्किएका नेपालीको उद्धार गर्न सरकारले तत्कालै उचित कदम चाल्नुपर्छ

वि.सं.२०७६ चैत १५ शनिवार २०:१४ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...