कोभिड-१९ करिव मार्च महिनादेखी अमेरिकामा देखापरेको हो । सुरुमा समयमा वासिंङ्गटन राज्यमा र त्यसपछी क्यालिफोर्नियमा यसको अलि बढी प्रभाव देखा पर्यो र विस्तारै न्युयोर्कमा सुरु भयो । अहिले यतिखेर सम्म अमेरिकामा ३ लाख ६६ हजार ७८६ जनामा यो रोग संक्रमण भई सकेको छ भने न्युयोर्क राज्यमा मात्र १ लाख ३१ हजार ८१५ छ । त्यसमा पनि न्युयोर्क शहरमा ७२ हजार १८१ जनामा यो संक्रमण भएको छ ।
न्युयोर्क शहर अत्यन्त घनाबस्ती भएको शहर यहाँ रेलमा दैनिक लाखौको संख्यामा यात्रा गर्छन् भने एउटै घरमा सयौ परिवारहरु वस्छन् । यो शहरमा यति नै निश्चित संख्या नेपाली वस्छन भन्ने लेखाजोखा कतै नभए पनि विभिन्न नेपाली समुदायहरुको आंकडा अनुसार ७५ हजार जति नेपाली यहाँ वस्छन् भन्ने अनुमान गरिन्छ । यहाँ रहेका अधिकाशं नेपालीहरु सामान्य काम गर्ने नै हुन् मुख्यगरी पैसा र समयको हिसावले उभर लगायतको ट्याक्सी सेवाहरु संचालन गर्ने काम यँहा राम्रै मानिन्छ र प्राय सवै नेपालीहरु यहाँको ठुला–ठुला भवनहरुमा अपार्टमेन्ट भाडामा लिएर बसेका छन् । जब कोरोना भाईरसको संक्रमण यहाँ सुरु भयो दैनिक धेरैसँग सम्पर्कमा रहनु पर्ने व्यवसायमा संलग्न हुनेहरुलाई त्रसित वनायो । मार्च महिनाको २४ गते मृत्यु हुने पहिलो नेपाली पनि उभर चालक हुनुहुन्थ्यो । यहाँको एक्कै पटकमा हजारौको संख्यामा यात्रा गर्ने रेलहरु र संयौ परिवारहरु रहने एउटै भवनमा वस्नु पर्ने बाध्यता र सरकारले पुरै लकडाउन नगरेर अति आवस्यक काम वाहेक अरु कामहरु मात्र वन्द गरेको कारण संक्रमणको संख्या दैनिक हजारौ थपिएको अवस्था हो । यही जनजीवन र परिवेशमा रहेका नेपाली पनि अछुत रहने कुरै भएन ।
न्युयोर्कमा आजका मिति सम्म यति नै संख्यामा नेपालीहरु संक्रमित छन् भन्ने हिसाव नभए पनि यँहा भएको संक्रमणको रफ्तार, सहयोगको लागि क्रियाशिल रहेका विभिन्न संध संस्था र विभिन्न ठाँउवाट सहयोगको लागि आउने फोन कलहरु अनुसार १ हजार भन्दा वढीको संख्यामा नेपालीहरु पनि संक्रमित छन् भन्ने अनुमान गर्न सकिन्छ । सुरुका दिनमा नेपालीहरु आफु संक्रमित भए पनि कसैलाई जानकारी नगराउने ‘म संक्रमित भए’ भनेर नभन्ने समस्यहरु थिए र अहिले यो समस्या अलि कम भएको छ ।
अमेरिका महाशक्ति राष्ट्र भनिन्छ तर यहाँ पनि संक्रमण भई हाल्यो भने पनि अस्पतालमा भर्ना नलिने अत्यन्त गाह्रो भई विरामीलाई भेन्टिलेटरमा राख्नपर्ने अवस्थामा मात्र भर्ना गर्ने र बजारका सामान्य औषधीहरु सुरक्षणको सामाग्रीहरु नपाईने लगायतका धेरै गुनासो पछिल्लोपटक बढीरहेको छ । यहाँका सामाजिक अगुवाहरु आफ्नो समुदायमा सवैलाई घरवाट ननिस्कन, काममा विदा लिन तथा घरमै वसेर वेरोजगार भत्ताकोलाई आवेदन दिन अनुरोध गरिरहेका छन् । हाल सरकारले सवैलाई एकमुष्ट १२ सय डलर दिने र वेरोजगार भत्तामा ४ महिनासम्म प्रति हप्ता ६०० डलर थपिदिएका कारण आर्थिक राहत भएको छ । साना व्यवसायीहरुलाई पनि ऋृण र निश्चित अनुदानको व्यवस्था गरिदिएको छ । अहिले कानुनी रुपमा वसेका अधिकांश नेपालीहरु सरकारले दिएको सुविधा उपयोगको लागि आवेदन दिएर बसेको परिस्थित पनि छ । तर, कानुनी रुपमा काम गर्ने नपाउनेहरु र विधार्थीहरुलाई भने आर्थिक समस्या हुने परिस्थिति देखिन्छ । साथै अमेरिकामा क्रियाशील एनआरएन लगाएक मुख्य मुख्य संस्थाहरु सहयोगमा एक्लै वा समुह वनाएर सहयोगको लागि जुटीरहेको अवस्था छ ।
अहिले १५ दिनको अन्तरालमा न्युयोर्कमा ४ जना नेपालीको मृत्यु भईसकेको छ । पहिलो मृत्यु हुने अनिल सुव्वा कोरोनाकै कारण मृत्यु भएको प्रमाणित नै थियो र हिजो मृत्यु भएका अजय छोँचन सहित थोक्मे बिष्ट, सोनम लामाको एकैदिन मृत्यु हुनु दुखद छ । तर, उनीहरु सबै कोरोनालेनै मृत्यु भएको हो वा होईन स्पष्ट हुन बाँकी रहेको छ । अर्का अजय छोँचन हृदयघातको कारण अनि अन्य दुइजना चाही सम्भावित कोरोनाको कारण भनिए पनि आफ्नो आफ्नो निवासमै बितेको हुँदा कारण स्पष्ट हुन बाँकी छ । त्यस्तै मृत्यु भएको भनिएको ङिमा टेम्वा शेर्पाको मृत्यु भइनसकेको र उनी आईसीयुमा रहेका छन् । समाचारहरुमा उनको मृत्युको खबर आउनु दुःखद छ । साथै अहिले कोरोनाको माहामारीकै बीचमा भएको यस दुखद घटनाहरुले सवैको मृत्यु कोरोनाको कारण भएछ कि भन्ने पर्न गएको देखिएको छ । अवस्था जटिल छ, हिम्मत र आँटलाइ कायम राख्न जरुरी छ ।
वि.सं.२०७६ चैत २५ मंगलवार ०७:५९ मा प्रकाशित






























