back
CTIZAN AD

बेलायतमा कोरोना संक्रमणको उपचार गराइरहेका अर्का एक नेपालीको मृत्यु

वि.सं.२०७७ वैशाख ४ बिहीवार

759 

shares

४ बैशाख, काठमाण्डौं ।  बेलायतमा कोरोना संक्रमणपछि उपचार गराइरहेका हरिमान गोम्देनको निधन भएको छ ।

छथरजोरपाटी गाउपालिका १ (साविकको हात्तिखर्क १) माक्लुङ, धनकुटा निवासी हाल लण्डन वेष्टमा रहदै आएका गोम्देन तामाङ्ग (21149767 LCpl) को नोवेल कोरोना भाईरसको कारण उपचारको क्रममा बुधबार (१५ अप्रिलमा) अस्पतालमा निधन भएको हो ।

८२ वर्षीय तामाङ हात्तिखर्कको उपप्रधानपन्च, भारती निम्न माध्यमीक विद्यालय (हाल माध्यमीक) को पटक पटक संचालक समितिको अध्यक्ष समेत भएका थिए । उनी विक्रम सम्बत २०४९-०५० राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति धनकुटाको कोषाध्यक्ष समेत रहेका थिए ।

बेलायतमा रहेका समाजवादी पार्टी नेपालका प्रवास विशेष प्रदेश समितिका मुख्यसचिव विश्वास दीप तिगेलाले छर छिमेकका काका तथा अत्यन्तै शालिन व्यक्तित्वको मृत्युले अत्यन्तै मर्माहत भएको बताउँदैे दुःख व्यक्त गरेका छन् ।

बुधबारै स्याङ्जाका लक्ष्मण श्रेष्ठ र तनहुँ शुक्लागण्डकीका हस्तवीर गुरुङको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

श्रेष्ठ र गुरुङ र तामाङको मृत्यु भएसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या १४ पुगेको छ ।

बेलायतमा यसअघि कोरोना संक्रमणका कारण लिला बहादुर राई, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राई, म्याग्दीका कुल बहादुर फगामी, चितवनका प्रशान्त अर्याल, बाग्लुङका कर्ण बहादुर क्षेत्री, स्याङजाका यम बहादुर मल्ल र पोखराकी पुष्पा घले र कास्की घान्द्रुकका लक्षिन गुरुङ सहित १४ जनाको मृत्यु भएको समाचार संसारन्युजले प्राप्त गरेको छ ।

कोरोना संक्रमणका कारण बेलायतमा फेरि २ गोर्खा सैनिकको मृत्यु,संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

वि.सं.२०७७ वैशाख ४ बिहीवार १६:४२ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...