back
CTIZAN AD

कर्जामा २ प्रतिशत ब्याज घटाउन बैंक तथा बित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन

वि.सं.२०७७ वैशाख १६ मंगलवार

1K 

shares

यो निर्देशन खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले लिएको ऋणमा बाहेकका सबै क्षेत्रमा लागू हुने जनाईएको छ ।

१६ वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले कारोना भाईरसको कारण ऋणीहरुलाई परेको असर न्युनीकरण गर्नको लागि २ प्रतिशत ब्याज घटाउन बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आ.ब.को अन्तिम चौमासमा ब्याजदर गणना गर्दा २ प्रतिशत घटाएर मात्र गर्न भनिएको छ ।

राष्ट्र बैकको यो निर्देशन खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले लिएको ऋणमा बाहेकका सबै क्षेत्रमा लागू हुने जनाईएको छ ।

बैंकहरुले घोषणा गरेको रकम अझै राहात कोषमा जम्मा गरेनन

त्यस्तै बैक तथा बित्तिय संस्थाहरुले चैत्र र वैशाख महिनामा असुल गर्नु पर्ने कर्जाको भुक्तानी असार बसान्तसम्म भुक्तानी गर्ने ब्यबस्था मिलाउन पनि निर्देशन गरेको छ । साथै उक्त कर्जा रुकममा कुनै किसिमको जपिरवाना नलिन पनि निर्देशन गरेको छ ।

१५ लाखसम्म कर्जा लिएका मझौला तथा साना ऋणीहरुलाई २ प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउन तथा सो कर्जामा ५ प्रतिशत भन्दा बढी ब्याज नलगाउन पनि राष्ट्र बैकले बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन गरेको छ ।

राष्ट्र बैंकद्धारा ऋणिहरुलाई सहुलियतको घोषणा, चैतको व्याज असारमा तिर्दा हुने

अनिबार्य नगद मौज्दात (CRR) ३ प्रतिशत बनाएको छ । यस अघि यो दर ४ प्रतिशत थियो । १ प्रतिशत CRR घटाउँदा बैंकिंङ प्रणलीमा करिब ३५ अर्ब तरलता थपिने छ ।

त्यस्तै २ बर्ष भन्दा बढीको मुद्दती निक्षेपलाई सत प्रतिशत लगानी गर्न पाउने सुबिधा पनि बैंकहरुलाई राष्ट्र बैंकले प्रदान गरेको छ । यसबाट रिब १५ अर्ब लगानी योग्य रकम प्रणलीमा थपिने छ र करिब ५० अर्ब रकम थप तरलता हुने छ । यसले लगानी योग्य रकम बढ्ने केन्द्रिय बैंकको बिश्वास छ ।

 

त्यस्तै राष्ट्र बैंकले बैक तथा बित्तिय संस्थाका कर्मचारीहरुलाई तालिमको लार्गि गर्ने खच रकमलाई गत बर्षको तलब भक्ताको तीन प्रतिशत कायम गर्न भनेको छ भने कोरोना प्रभावित ब्यबसायीले कर्जा माग गर्दा ७ दिन भित्र उपलब्ध गराउनुपर्ने तथा कर्जाको ब्याज ५ प्रतिशत भन्दा बढी राख्न नपाईने नीतिगत व्यवस्था गरेको छ ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार २०:०१ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...