नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदिप ज्ञवालीले गैर आबासिय नेपाली संघका वरिस्ठ उपाध्यक्ष डा बद्री के.सि, सचिब गौरी जोसि लगायत १७ देशका एनसीसी अध्यक्षहरुसँग अनलाइन भिडियो मिटिङ गरेका छन् ।
२७ अप्रीलका दिन Zoom मार्फत गरिएको सो Video Conference मन्त्री ज्ञवालीले प्रवासमा रहेका नेपालीहरुको कोभिड १९ का कारण परेको असरका बारेमा जानकारी लिएका थिए ।
उक्त कन्फरेन्समा गैरआबासिय नेपाली संघ क्यानडाले निम्न लिखित बिषयहरु प्रस्तुत गरि पररास्ट्रमन्त्री प्रदिप ज्ञवालीको ध्यानाकर्षण गरेको गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष चिरन्जीवी घिमिरेले जानकारी दिएका छन् ।
एनआरएनए क्यानाडाले परराष्ट्रमन्त्रीलाई गराएको जानकारी तथा ध्यानाकर्षण यस्तो छ :
१) करिब ४० हजारको हाराहारिमा नेपाली रहेको क्यानडामा अहिलेसम्म कोहि नेपाली पनि कोभिडको कारणबाट अस्पतालमा भर्ना हुन परेको छैन । तर ३ जना नेपालीहरुमा भने माइल्ड सिम्प्टोम्स देखिएका कारण घरमै Self Isolation मा हुनुहुन्छ ।
२) क्यानडामा करिब ७०० जना नेपाली अन्तर्राष्ट्रिय बिद्यार्थीहरु भएको जानकारी भए पनि एनआरएनए क्यानडाको सम्पर्कमा भने ४५० बिद्यार्र्थीहरु मात्र आउनुभएको छ । क्यानडा सरकारले बिद्यार्थीहरुलाई लक्षित गरि राहतका कार्यक्रम ल्याए पनि जनबरी सेसनको लागि आउनु भएका करिब २०० बिद्यार्थीहरु यो सुबिधाबाट भने बन्चित हुनुपर्ने छ ।
३) क्यानडा भ्रमणमा आएका नेपालिहरुको तथ्याङ्क ठ्याक्कै एकिन नभए पनि करिब ५०० जनाको हाराहारिमा रहेको हुनसक्ने गराइयो ।
गैरआबासिय नेपाली संघ क्यानडाले COVID-19 को सङ्क्रमणबाट बच्न नेपाली समुदायलाइ सहयोग गर्ने उद्धेस्य राखि आपतकालिन राहत कोष खडा गरिएको र उक्त राहत कोषमा नेपाली राजदुताबासबाट महामहिम भृगु ढुङाना, अबैतानिक महाबाणिज्य दुतहरु डा कुन्जर शर्मा र Stephan Hess लगाएत नेपाली समुदायका सम्पुर्ण संघ सस्थाहरुको सहभागिता एबम सकृयतामा ४ १६,००० जम्मा भैसकेको छ भने ४१५,००० को प्रतिबद्धता आएको जानकारी समेत गराइयो । एन आर एन क्यानडाले अन्तर्रास्ट्रिय नेपाली बिद्यार्थीहरुको तथ्यांक संकलन गरि बिभिन्न संघसस्थाहरुको समन्बय एबम सहयोगमा क्यानडाका बिभिन्न सहरहरुमा सहयोगका कार्यक्रमहरु जारी राखिएको समेत जानकारी गरियो । बिद्यार्थीहरु एबम सहयोग चाहने नेपालीहरुलाइ खाद्यान्न, सेनिटाईजर, ग्लोभ्स, मास्क बितरण जारिरहेको जानकारी समेत गरियो । कोभिडबाट सङ्क्रमित नेपालिहरुलाई आबश्यकता अनुसार चाहिने सामाग्री तथा आबश्यक परेमा क्ष्कयबितष्यल मा बस्नको लागि स्थानको पनि ब्यबस्था गर्न एनआरएनए क्यानडा तयार रहेको जानकारी गराईयो ।
३) नेपाल सरकारलाइ अनुरोध :
अन्तर्राष्ट्रिय बिद्यार्थीहरुले नेपालबाट पैसा ल्याउन कठिनाइ भोगिरहन परेकोले उक्त अवस्थालाइ सहज बनाउनका लागि माननिय मन्त्रीज्यूलाइ गम्भिर ध्यानाकर्षण गरियो ।
क्यानडा भ्रमणमा आउनु भएका नेपालीहरुको तथ्यांक सरकारी तवरबाट सङ्कलन गरी नेपाल फर्कन चाहने नेपालिहरुलाई यथासक्य चाडो सहयोग गर्नका लागि ध्यानाकर्षण गरियो ।
Reverse Repartdation लाई सस्थागत गरि क्यानडाबाट वा अन्य मुलुकबाट फर्किएर आफनो सीप तथा दक्षताको आधारमा काम गर्न सक्ने बाताबारण मिलाउन ध्यानाकर्ष गरियो ।
अन्तर्राष्ट्रिय नेपाली बिद्यार्थीहरुको आगामी सेमेस्टरकोलागि कलेज वा युनिभर्सिटीमा तिर्नुपर्ने फी नेपालबाट अहिले ल्याउन नसकिने हुदा त्यो प्रक्रियामा यथासक्दो छिटो कुनै बित्तीय सस्थासँग सहकार्य गरि हदैसम्मको सहज गर्न वा अन्य कुनै बिकल्पको खोजी गर्न जोडदार अनुरोध गरियो ।
माननीय मन्त्रीले कोभिड १९ को सङ्क्रमण बाट आफ्नो देशका नागरिकहरुको सुरक्षा एबम सहयोगका लागि बिदेश स्थित नेपाली दुताबास, राजदुतहरु, अबैतानिक महाबाणिज्यदुतहरु, गैर आबासिय नेपाली संघ र उपस्थित सम्पुर्ण रास्ट्रीय समन्यय समितिहरुले सम्बन्धित देशमा गरेका सम्पुर्ण कार्यक्रमहरुको खुलेर प्रसम्शा गर्दै सहयोगका लागि अझ तत्पर र अग्रसर बन्नका लागि अनुरोध गर्नुभयो । बिदेशमा रहेका लाखौ नेपाली श्रमिकहरु, अधयनको शिलशिलामा बिदेशमा रहेका बिद्यार्थीहरु, बिदेश भ्रमणमा रहेका नेपालिहरु तथा स्थायी रुपमा प्रवाशमा बसोबास गर्ने नेपालिहरु तथा नेपाली मुलका सम्बन्धित देशका नागरिकहरु को स्वास्थ्य एबम सुरक्षा मा नेपाल सरकारले आफ्नो श्रोत साधनको उच्च प्राथमिकिकरण गर्दै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको कुरा क्यानडामा बसोबास गर्ने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनि हरुलाइ जानकारि गराइन्छ । नेपाल सरकारले सम्बोधन गर्नुपर्ने यदी कुनै समस्या भए तत्काल क्यानडा स्थित नेपाली राजदुताबास, अबैतनिक महाबाणिज्य दुताबासको कार्यलय र एन आर एन क्यानडा मार्फत आफ्ना समस्याहरु राख्नका लागि आवहान समेत गर्नुभएको कुरा यहाहरु समक्ष जानकारी गराइन्छ ।
वि.सं.२०७७ वैशाख १६ मंगलवार १९:०५ मा प्रकाशित