१७ बैशाख, काठमाण्डौं । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुगेको छ ।
नेपाली दूतावास बहराइनका अनुसार पछिल्लो पटक थपिएका ७७ जनासहित संक्रमित हुने नेपालीको संख्या १२६ पुगेको हो ।
दूतावासले मंगलबार दिएको जानकारी अनुसार बहराइनमा हालसम्म ( २८ अप्रिल) १ लाख २१ हजार २६० जनामा कोरोना परीक्षण गरिएकोमा संक्रमितको संख्या १ हजार ५५६ पुगेको छ । जसमा १ हजार २४६ जना संक्रमित निको भएर फर्किएका छन् । त्यसैगरी गम्भीर अवस्थामा २ जना रहेका छन् भने मृतकको संख्या ८ पुगेको छ ।

वि.सं.२०७७ वैशाख १७ बुधवार ०७:०२ मा प्रकाशित






























