back
CTIZAN AD

कविताः कुस्ती र राजनीति

वि.सं.२०७७ वैशाख २० शनिवार

816 

shares

आजकाल
धारबिहिन कर्दले चिर्न नसकेर
देशको राजनीति
बग्दा बग्दैको नदि मझधारमा फाटिएर
बालुवाको किनारमा बिलाए झैं भएको छ

किनारको दलदलमा जो टेक्छन उभिन्छन्
उभिन नसक्नेहरू
खुटा भासिएर गुहार्छन नागरिक

अप्रत्याशित देखिन्छ
बालुवाका पहाडमा राजनीतिको कुस्ति खेल

राष्ट्रिय च्याम्पियनलाई
जसले जतिबेला चुनौति दिन्छ
त्यति नै पटक बालुवाकै रंगशालामा
आयोजना हुन्छ खेल पनि

खेलाडिहरू
कोही मझधारसम्म डुंगा चढेर आउँछन्
कोही हात्ति चढेर आउँछन
कोही बाघ बनेर गर्जन्छन्
कोही राँगो र साँढेजसरी डुक्रन्छन
कोही खरायो जसरी दौडन्छन
कोही पानीमुसा झैं छिरेका छन्
कोही बिरालो जसरी कुँडें रुघेका छन्
कोही कछुवा जसरी घस्रदै आउँछन्
कोही धमिरा जस्ता छन्

सबैको आफ्नै पहिचान छ
रगंशाला बाहिर हलचल देखिन्छ
दर्शक पनि उनीहरू नै छन्
खेलाडी पनि उनीहरू नै छन्
न्यायाधिस उनैका छन्
न्याय उनैको छ
अरुकोही पर्यबेक्षक चाँहिदैन

सबैले लिने नामका जनता नै छन्
तर बिडम्बना
खेलको कुनै नियम छैन
मोटो र पातलोमा एक रुपता छैन
भरपर्दाे रेफ्रि छैन
कहिले यता कहिले उता
रातो रिबन हलाउँदै हिड्ने उनै छन्
जे होला जता होला
पल्ला भारि भए पुग्छ

जसरी हुन्छ
फुटाउ, लडाउ र जीत
लात्तीले हानेर होस् वा लाठिले हानेर होस्
मुड्कीले हानेर होस्
मेडल हात पार
हिपहिप हुर्रे हिपहिप हुर्रे
चारैतिर समाचारबाजि गर

कुर्चीमा बसेर
अन्धो शासन प्रशासन चलाऊ

परन्तु देशको राजनीति हो
नागरिक सुतेका छैनन्
साँच्चै नै अभाब र त्रासमा छन्
हेरिरहेछु
कतिबेला भोकाहरूले उठेर खोस्छन् र थुनिन्छ
राजनीतिको ताज, कुर्ची र सत्ता
बन्दी गृहमा … ।

वि.सं.२०७७ वैशाख २० शनिवार १०:०० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...