back
CTIZAN AD

कविताः आमा

वि.सं.२०७७ वैशाख २० शनिवार

843 

shares

शव्दकोषका ती शब्दहरु
भेटिएनन आमा
म तिम्रो तारिफ कसरी गरुँ
अझै पनि तिम्रो दुःखलाई
लाचार भई कतिन्जेल हेरू

आमा तिम्रो मुहार छ पुर्णिमाको जुन सरी
जहाँ जहाँ छौ तिमी त्यहाँ हुदैन कहिल्यै
मायाको कमि आमा मायाको कमि ।

हजारौं युद्ध पारगरि सन्तानको लागि
मरिमेट्ने तिमी आफूले खान लागेको
पहिलो गाँसमा सन्तान सम्झने
पनि तिमी आमा ।

सपनिमा तिमी आमा विपनीमा तिमी
बिहान उठ्ने बित्तिकै सन्तानको उच्चारण
गर्ने प्रत्यक शब्द शब्दमा तिमी आमा तिमी ।

आमा तिमी साक्षात् देवी
नौ महिना गर्भमा राखीजन्म दिने
आफू जतिनै दुःख कष्टमा
परे पनि सन्तानलाई संसारको खुसी दिने ।

पहिलो कदम हिड्न सिकाउने
पहिलो अक्षर उच्चारण गर्न सिकाउने
ज्ञानकी खानी मायाकी खानी
संघर्षको बाटो औल्याइदिने एक असल
सहयात्री पनि तिमी आमा तिमी ।

आमा तिम्रो माया अपरम्पार छ
तिमी बिना कस्को चै यहाँ संसार छ
दुःखीहुँदा सन्तान हँसाउने पीडा भुलाउने
कसरी विर्सु तिमिमा प्रेरणाको बहार छ ।

आफूलाई जस्तो जोखिम वहन गर्न नपरोस् भनि
गर्भमा सन्तान हुँदा अनेक सपना बुन्ने पनि तिमी
भित्र भित्रै हजारौ पीडा सहि
बाहिर बनावटी हाँसो खिस्स हाँस्दै
हिड्ने पनि तिमी, आमा तिमी। ।

आमा प्रतिको त्याग र तपस्यालाई
नभुल बिन्ति सन्तान
आमालाई मातातिर्थ औंसीमा फेसबुकको
भित्तामा मात्र होइन
आफ्नो मन मन्दिरमा सजाउ
कति आनन्द मिल्छ ।

आमा भनेको स्वयम् भगवान् हुन्
आमा भनेको पुजनिय
वन्दनिय पवित्र मनकि पात्र हुन् ।।

आमा बाट टाढिएका छोरा छोरी
संगै बस्ने दिन आओस्
आफ्नो आमालाई हेला गर्ने
परआत्म भने कहिल्यै नआओस् ।

आमाले जुन जन्मभूमिमा जन्माइन्
त्यही भूमिमा केही गरेर देखाउने दिन आओस्
आमा पीडामा छटपटाउँदा मलम
लगाउने सन्तान पाइला पाइलामा भेटियोस्

आमालाई यातना दिइ घरबाट निकाल्ने
अपराध हट्दै जाओस्
आमा प्रतिको माया सदैव सबैमा जागोस्

वि.सं.२०७७ वैशाख २० शनिवार १०:०१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...