back

कविता: नूर गिरेको जनयोद्धा

वि.सं.२०७७ वैशाख २० शनिवार

750 

shares
NTC AD

भोको पेटबाट मुक्ति पाउन
जातिय र लंगिक बिभेदको अन्त्य गर्न
सामाजिक न्याय र समानताको लागि
परिवर्तन संबाहक बनेको थियो रहा जनयोद्धा

क्रान्ति योद्धा बन्नु पूर्व
सपना सजाएको थियो
खाली पेट र उपचारको अभावमा
कोही भोकै मर्ने छैनन्
विभेदको शिकार बन्नु पर्ने छैन

रामकृष्ण क्रान्तिको पर्यायवाची भएको थियो
रात–दिन नभनी क्रान्तिको मोर्चामा हाम फालेको थियो
क्रान्ति पछिको स्वर्णिम युगको कल्पनामा
युद्ध जित्न आंतुर थियो ।

त्यही समयमा
पारिवारिक पीडामा तड्पीएर आमाले आत्महत्या गरिन्
संरक्षणको अभावमा बहिनी मरिन्
बुबा शोकमा भावविभोर भएर एकोहोरो भए
सानो भाई बेसाहारा भयो ।

घरका सबै पीडालाई बिर्सेर उ मोर्चामा लडिरह्यो
कति पटक क्रस फायरबाट बांचेको छ
छेउकै साथी गोली लागेर छटपटाउँदा
सयौं सहपाठीले मृत्युलाई बरण गर्दा
हरेक पटक मुठ्ठी कस्दै लाल सलामले बिदाई गर्यो ।

संसार बदल्ने अभिलाषामा
युद्धमा नेपालका कुना कन्दरा छामेको छ
नेताको संरक्षणमा कयौं रात निन्द्रा त्यागेको छ
गोला बारूदमा जीवन समर्पण गरेको छ
सामन्तहरूको सातो लिएकोछ
मोर्चाको अग्रभाग सम्हाल्दै
सयौ चौकी र व्यारेकहरु कब्जा गरेको छ ।

क्रान्ति सफल भएको दिन
उसका सपनाहरू साकार थिए
जब आफ्ना नेताले देशको बागडोर सम्हाले
आशाका किरणहरू जगमगाए
प्रतिक्षा गरिरह्यो एक, दुई, चार पांच ….बर्ष सम्म
फेरि पनि उ उस्तै, समाज उस्तै
भोक रोग र विभेद उस्तै ।

संगै जीउने कसम खाएकी संगिनीले पनि छोडिन्
ऊ निरास भयो, सुस्तायो, आशाहरू सबै मरे
मर्न खोज्यो सकेन पूनः विवाह गर्यो ।

अहिले क्रान्तिकारी योद्धा
बाँच्ने अभिलाषामा अरव भासिएको छ
शक्ति र सामर्थ्य युद्धमा रित्याई सकेको थियो
शरीरमा भएका गोली र छर्राको पीड़ा सहंदै
पचास डिग्रीको तातोमा शरीर घिसारी रहेको छ
आफू, छोरा छोरी र श्रीमतीको दुई छाक पेट भर्न

आफ्नो दुःख र पीडा भन्दा पनि धेरै
अहिले ऊ विचलित र क्रोधित भएको छ
आफ्ना महान नेताहरूका
भ्रष्टचार, कमिशन, घुसखोरी,
व्यभिचार जस्ता काला कर्तुतको फेहरिस्त
अनी हिजो जनतासँग गरेका बाचा र
अहिलेको जीवनशैली देखेर

ऊ बिना गल्ती आफैलाई धिक्कार्छ
आज उठ्नै नसक्ने गरेर उसको नूर गिरेको छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १०:०५ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...