back
CTIZAN AD

हाम्रो स्वाभिमानलाई भारतले मिच्यो कि हाम्रा नेताले बेच्यो ?

वि.सं.२०७७ जेठ १ बिहीवार

744 

shares

हाम्रो स्वाधिनतालाई भारतले गरेको यो अपमान हामीले सहेर बस्यौ भने हाम्रा पुर्खाको पसिनाले हामीलाई पोल्नेछ। नेपाल आमाले हामीलाई धिक्कार्ने छ। एउटा भनाई छ ‘साहसिलो भएर बाँच्न जति सजिलो छ त्यो भन्दा गाह्रो कमजोर भएर बाँच्नुमा हुन्छ। ‘ हामी हाम्रो भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पराईको हुन दिन्न। हटि हैन डटि लड्ने नेपालीको बानी छ’ यो हाम्रो पुर्खौदेखिको रगतमा छ। अब तताउनु पर्ने बेला आएको छ।

भारतले नेपाली भुमि कालापानी, लिपुलेकमा सडक निर्माण गरेर उद्घाटन गरेको खबरले सारा नेपाली जनतालाई आश्चर्यचकित पारेको छ। हाम्रो सर्वभौमसत्ता माथी भारतले सिधै लात हानेको खबरले वीर गोर्खालीको सन्तान हामीलाई आक्रोस बनाएको छ। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको स्वाभिमान हो र यसलाई बचाउनु हामी सबै नेपालीको परमधर्म हो। त्यसैले अब पनि राष्ट्रप्रेमी नेपाली जनता चुप लागेर सरकारकै मुख ताकेर बस्ने हो भने नेपाल रहनेकी नरहने भन्ने प्रसं आफैलाई सोधे हुन्छ। ‘नेपाल रहे नै नेपाली रहनेछ।’ यो राष्ट्रभाव हाम्रो प्रत्येक स्वससँगै धड्काउनु छ र हामी सम्पूर्ण नेपाली एक भएर यस मुद्दालाई अन्तर्राष्ट्रिय एजेन्डाको रुपमा लिएर अगाडी बढ्नु अहिलेको चुनौती हो।

हाम्रो इतिहास हेरौ। हाम्रा पुर्खाहरुले मातृभूमी जोगाउन पानीको घुट्को नखाई लडेका थिए। महिला, केटाकेटी समेत युद्धमा हुमेका थिए। अंग्रेजको बन्दुकलाई साहसको ढुंगामुढाले हराएका थिए। हामी प्रायस् धेरैलाई यो गित याद नै छ ‘कुन शक्तिको सामुन्ने कहिले हामी झुकेथ्यौ, पश्चिममा किल्ला कांगडा पुर्वमा तिष्ट पुगेथ्यौ। ‘अहिले हामी ईतिहासको त्यो ग्रेटर नेपालको नक्सा हेरेर हाम्रा पुर्खाहरुको याद गर्छौ। र पुर्खाले सिकाएको त्यो वीरतालाई आत्मसाथ गरेर मातृभूमी जोगाउन लड्नेछौ।

हामीले भारतलाई दोष दिनु भन्दा पहिला हाम्रो कमीकमजोरीलाई सुधार्नु र प्रमाण बलियो बनाउनु बुद्धिमानी हुन्छ। लड्नु भनेको प्रमाण कै आधारमा हो। भारतले भने आफ्नै भूमिमा सडक बनाएको दावी गर्दैछ। अचम्म यो छ कि कालापानी, लिपुलेक हाम्रो स्वाभिमानतालाई भारतले मिच्यो कि हाम्रा नेताहरुले बेच्यो ? लिपुलेकदेखी चीनको तिब्बेतस्थित धार्मिक स्थल मानसरोवर जोड्ने यो सडक मार्गको निर्माण भारतले रातरात गरेको हैन। २००८ देखिनै सडक निर्माण कार्य शुरु गरेको थियो। १२ बर्ष सम्म आफ्नो मातृभूमीको छातीमा पराईले डोजर चलाएको नेपाल सरकारले चाल पाएनन् वा चाल नपाएको वहन गरेका हुन्। यसको जवाफ कसले दिने।

नेपाल सरकारको प्रतिनिधि गर्दै रक्षामन्त्रि ईश्वर पोखरेल हेलिकप्टरमा कालापानी, लिपुलेक र लिम्पियाधुराको निरीक्षणमा गएका थिए। तर उनले भारतले नेपाली भुमीमा सडक बनाउदै गरेको केहि पनि नदेख्नुको कारण के हो त ? यो पनि रहस्यमय छ। भूमीसुधार मन्त्रीको भनाई अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा हामीसँग कहिल्यै थिएन भन्नुको मतलब केहोरु हे भगवान!  यस्ता देशघाती नेताहरुलाई यो देश जिम्मा लगाएकोमा हामी धिक्कार छौ।

नेपाल सरकारको अधिकारिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा नभएको बुज्चो नक्सा कसले कहिले बनायो ? नेपाल र नेपालीको स्वाभीमान माथि नै आच आउने नेपालको राष्ट्रिय चिन्हमा देखाईको नेपालको नक्सा पनि बुज्चो नै राखेको छ। हैन सिमा सम्बन्धि भारतले हरेक दिन नेपालको भुमी मिच्दै आईरहेको त हामी सबैलाई सर्वविदितै भएको कुरा हो। सीमानमा बस्ने नेपालीहरु रातारात भारती बन्दैगैरहेको ज्वलन्त उदाहरण नेपालीले भोग्दै आईरहेको छ। यत्रो ठुलो सिमा बज्रपातलाई लाचार गरेर आफ्नै अधिकारिक नक्सा सच्याउने हिम्मत राख्न नसक्नु नेताजीहरू कहाँ सम्मको देशप्रतिको घात हो।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितलाई आफ्नो सीमाभित्र राखेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेको थियो। ३७२ किलो मिटर नेपालको भुमी मिचेर सार्वजनिक गरेको त्यस नक्सप्रति नेपालले आपत्ति प्रकट गर्दै नेपाल सरकारले भारतलाई कूटनीतिक सन्देश पठाएको थियो। त्यो नक्साको विवाद टुंगो नलाग्दै अहिले भारतले नेपालको १९ किलो मिटर भुमी मिचेको छ। यी भुमीहरु नेपालको हो भन्ने प्रमाण के हुन् त हेरौ।

पुर्व परराष्ट्रमंत्री रमेशनाथ पाण्डेको भनाई अनुसार ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भुमी भएको एक एक प्रमाण जुटाएर नेपाल सरकारको दराजमा उनको पालामा राखी दिएको दावी छ। ति प्रमाणहरु अवस्य सुरक्षित हुनुपर्छ उहाँ भन्नु हुन्छ।’ हेरौ नेपाल सरकारले ति प्रमाणहरुलाई हिफजातसँग राखेको छकी छैन। हाम्रो जिउदो साक्षी हुनु हुन्छ भैरव रिसाल। सिमा विवाद २०१८ सालमा भएको राष्ट्रिय जनगणनामा केन्द्रिय तथ्याङ्ग विभागको अस्थाई अधिकृत भएर कालापानी, लिपुलेक र लिम्पियाधुरा पुग्नुभएको थियो। उहाँको अनुसार ‘त्यसबेला त्यहाँ हिन्दुस्तानको रौ पनि थिएन। जस्तो नेपालको अन्य गाउँ हो त्यस्तै कुनै समस्य बिना नै जनगणना भयो। त्यहाँको जनसंख्या १४०० देखि १७०० सम्म थिए। त्यहाको जनताले तिरो तिरेको प्रमाण पनि हुनुपर्छ। आशा गरौ हाम्रो यी प्रमाणहरु बोल्नेछन्।

भैरव रिसालको अनुसार  किर्तिनिधि बिष्ट प्रधानमंत्री हुँदा कालापानीमा भारतीय सेना तैनाथ भएको खबर बिष्टलाई सुनाउदा बिष्टले थाहा नभएको कुरा जानकारी दिए। यदि यो कुरा थाहा नभएको साचो हो भने तपाई एक असक्षम प्रधानमंत्री हुनु हुन्छ भनेर बिष्टलाई भन्दा बिष्ट खिस्स हाँसेर यो कुरालाई त्यहि नै बन्द गरि दिएको रहेछ। हाम्रो जिउदो साक्षीको कुरा सुन्न ‘सिधा कुरा जनतासँग’ मा रबि लामिछानेसँग दिनुभएको अन्तरवार्ता हेर्नु होला। उहाँ भन्नुहुन्छ ‘नेपाली जनतानै सबभन्दा ठुलो शक्ति हो। उहाँ फेरी भन्नु हुन्छ ‘यो विवादलाई समधान गर्न भारत, चिन र नेपाल बसेर त्रिकोण छलफल गर्नुपर्छ। अर्को कुरा चिनलाई हाम्रो कुरा राम्रोसँग बुझाउन सक्नुपर्छ। यदि यसो हो भने भारतले निर्माण गरेको नेपालको भुमीको सडक नेपालले भारतलाई निर्माण खर्च दिएर यो सिमा विवादलाई सधैको लागि टुङ्ग्याउन सकिन्छ। भारतदेखि चीन जोड्ने यो राजमार्गमा नेपालले भन्सार राख्छ। दुई देश भारत र चिनले ब्यापार गर्छ। यो गर्न नेपाल सरकार तत्पर रहनु पर्यो।

‘सतिको श्राप परेको नेपाल भनेर हामी भन्ने गर्छौ।’ सत्ताको लागि घिनौला खेलले नेपालको राजनीति भ्रष्ट्र भएको ईतिहासदेखि हालसम्मको कृयाकलाप हामीले देख्दै आईरहेकै कुरा हो। कयौ दशकदेखि कालापानीमा भारतीय सेना तैनाथ हुँदा नेपाल सरकार सधै चुपचाप रह्यो। ईतिहासदेखि हालसम्मकै नेपाल सरकार को नेतृत्व भारतसँगको सिमा सम्बन्धी विषयमा निरही हुनुको कारण नै छिमेकी देश भारत हाम्रो लागि अभिशाप बनेको छ।

अहिले विश्वभरका मानव एक भएर कोरोनाको संक्रमणसँग लडिरहेको यो संकट घडिमा भारतले लाईभ टेलिभिजनद्वारा नेपालको भूमिमा सडक निर्माण गरि उद्घाटन गरेको समाचार हामीले देख्नु परेको छ। हाम्रो स्वाधिनतालाई भारतले गरेको यो अपमान हामीले सहेर बस्यौ भने हाम्रा पुर्खाको पसिनाले हामीलाई पोल्नेछ। नेपाल आमाले हामीलाई धिक्कार्ने छ। एउटा भनाई छ ‘साहसिलो भएर बाँच्न जति सजिलो छ त्यो भन्दा गाह्रो कमजोर भएर बाँच्नुमा हुन्छ। ‘ हामी हाम्रो भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पराईको हुन दिन्न। हटि हैन डटि लड्ने नेपालीको बानी छ’ यो हाम्रो पुर्खौदेखिको रगतमा छ। अब तताउनु पर्ने बेला आएको छ।

वि.सं.२०७७ जेठ १ बिहीवार १०:०१ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...