back
CTIZAN AD

विचलनलाई छोपछाप पार्न जबजलाई विकृत पारियो

वि.सं.२०७७ जेठ ३ शनिवार

741 

shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टंक कार्कीले कम्युनिष्ट आन्दोलन खास गरी तत्कालिन नेकपा एमालेभित्र बढेको विचलनलाई छोपछाप पार्न जबज(जनताको बहुदलीय जनवाद)लाई विकृत पारिएको बताएका छन् ।

मदन–आश्रितको २७ औँ संस्मरण दिवसका अवसरमा उनीहरुको स्मरण गर्दै नेता कार्कीले सो धारणा राखेका हुन् । मदन भण्डारीले ल्याएको जबजलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुपायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरेको उनले आरोप भनेका छन् ।

उनले मदन–आश्रित्रलाई सम्झँदै लेखको छन् :
मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर नेपाल निरंकुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिकरसंवैधानिक राजतन्त्रात्मक व्यवस्थामा संक्रमण हुँदै थियो । र सोभियत संघ र पूर्वी युरोपमा ‘समाजवादु’ पतन भईरहेको थियो । दुई ध्रुवीय विश्व संरचनामा एउटा ध्रुव पछि धकेलिएको अवस्था थियो । कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्था धकेलिएको थियो ।

मुलुकभित्रको त्रि–शक्ति सन्तुलनको एउटा पक्षको हैशियतमा नेपाली कम्युनिष्ट आन्दोलनले लिने दिशा तरवारको धारमा हिड्नु जत्तिकै जोखिमपूर्ण थियो । मुलुकमा स्थापित पुँजीवादी प्रजातन्त्रको यस स्वरुपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्य दिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्वको काम थियो । यो संगिन घडी थियो र यहाँ दुइटा उत्ताउला काम हुन सक्थे । मार्क्सवादी साहित्यमा भनिने गरिएका दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव (यी दुइटैले ल्याउने त विसर्जन नै हो) मुलुकमा स्थापित पुँजीवादी प्रणालीलाई कसरी हेर्ने र ग्रहण गर्ने ? सामाजिक क्रान्तिको सामाजिक मिशन बिर्सने र सत्ताको शान र सुविधामा हेलिने, वा ‘निरन्तर क्रान्ति’को नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरी लगाई रहने वा अर्को पनि विकल्प छ । हो, पुँजीवादी प्रजातन्त्रलाई धोखाधडीको रुपमा प्रयोग गरिदै आएको छ । तर के त्यतिकै भरमा यसलाई अस्विकार गर्ने या त्यसलाई पनि मुक्तिको उपकरणको रुपमा ग्रहण गर्ने ? सुधारवादी संघर्षको उपादेयतालाई जण्ड क्रान्तिकारीको नाममा अस्विकार गर्नु जायज हुन्छ ? मदन भण्डारीले बिना लक्कनछप्पन व्यवहारिक सोंचको अगुवायी गरे । पुँजीवादी प्रजातन्त्रका ‘रुप पक्ष’लाई  क्रान्तिकारी सारुमा कलमी गरे । बहुदलीय प्रणाली, कानुनि शासन, मानव अधिकार, शक्तिको प्रथाकिकरण जस्ता विषयलाई ‘क्रान्तिकारी जनसत्ता, मिश्रित अर्थतन्त्र र आधुनिक संस्कृति’ निर्माणमा सजाए । त्यसलाई उनले ‘जनताको बहुदलीय जनवाद’मा लिपिवद्ध गरे । तर त्यसपछि उनले त्यति मौकै पाएनन् । पार्टीका अर्का नेता जीवराज आश्रित सहित उनको रहस्यपूर्ण हत्या गरियो ।

त्यसपछिका झन्डै ३ दशक गुज्रेका छन् । मदनको अवसानपछि मदनले कोरेको लक्षमण रेखामा कम्युनिष्ट आन्दोलन टिक्न सकेन । यो दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकावको तानातानमा पर्यो । दक्षिणपन्थी अवसरवादी विचलनले उग्रवामपन्थी भड्कावको निम्ति वारुद तैयार गरिदियो भने उग्र वामपन्थी भादकावले दक्षिणपन्थी अवसरवादी विचलनलाई खोर बाख्री खोर गर्यो । मदन भण्डारीलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुपायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरे । देख्नलाई तिनको ‘देवपुजन’ त देखिन्छ तर ‘उनको आत्मा’ कहिले पोलेर खाए । यो त्यति बेलै देखि सुरु भयो जव तिनले उनको ‘बहुदलीय जनवाद’को ‘रुप पक्ष’लाई सिद्धान्तको सार र शास्वत पक्ष भनेर भाष्य बाढ्न थाले । अर्को दुखद् पक्ष यस बीचमा उग्र वामपन्थी भडकावले पनि सम्यक पाठ सिक्न सकेन । सुखद् कुरा, यस आन्दोलनका दुई ठुला धार एकीकृत भुर मुलधार बनेका छन् । यो अहिले सत्तासिन शक्ति त छँदै छ तर आफै भित्र भने उद्विग्न र उद्वेलित पनि छ । सम्यक ‘प्रज्ञा’ र सम्यक’ साधना’को निम्ति पनि ‘ त्यसको निम्ति सामुहिक नेतृत्व र संस्थागत विधिको ‘धर्म; अनुसरण गर्नु मात्रै उत्तम उपाय हो । मदन भण्डारीको स्मृति यसर्थ पनि विशेष अर्थ राख्दछ । श्रद्धा सुमन कमरेड मदन भण्डारी !

वि.सं.२०७७ जेठ ३ शनिवार १६:२० मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...