नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टंक कार्कीले कम्युनिष्ट आन्दोलन खास गरी तत्कालिन नेकपा एमालेभित्र बढेको विचलनलाई छोपछाप पार्न जबज(जनताको बहुदलीय जनवाद)लाई विकृत पारिएको बताएका छन् ।
मदन–आश्रितको २७ औँ संस्मरण दिवसका अवसरमा उनीहरुको स्मरण गर्दै नेता कार्कीले सो धारणा राखेका हुन् । मदन भण्डारीले ल्याएको जबजलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुपायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरेको उनले आरोप भनेका छन् ।
उनले मदन–आश्रित्रलाई सम्झँदै लेखको छन् :
मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर नेपाल निरंकुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिकरसंवैधानिक राजतन्त्रात्मक व्यवस्थामा संक्रमण हुँदै थियो । र सोभियत संघ र पूर्वी युरोपमा ‘समाजवादु’ पतन भईरहेको थियो । दुई ध्रुवीय विश्व संरचनामा एउटा ध्रुव पछि धकेलिएको अवस्था थियो । कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्था धकेलिएको थियो ।
मुलुकभित्रको त्रि–शक्ति सन्तुलनको एउटा पक्षको हैशियतमा नेपाली कम्युनिष्ट आन्दोलनले लिने दिशा तरवारको धारमा हिड्नु जत्तिकै जोखिमपूर्ण थियो । मुलुकमा स्थापित पुँजीवादी प्रजातन्त्रको यस स्वरुपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्य दिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्वको काम थियो । यो संगिन घडी थियो र यहाँ दुइटा उत्ताउला काम हुन सक्थे । मार्क्सवादी साहित्यमा भनिने गरिएका दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव (यी दुइटैले ल्याउने त विसर्जन नै हो) मुलुकमा स्थापित पुँजीवादी प्रणालीलाई कसरी हेर्ने र ग्रहण गर्ने ? सामाजिक क्रान्तिको सामाजिक मिशन बिर्सने र सत्ताको शान र सुविधामा हेलिने, वा ‘निरन्तर क्रान्ति’को नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरी लगाई रहने वा अर्को पनि विकल्प छ । हो, पुँजीवादी प्रजातन्त्रलाई धोखाधडीको रुपमा प्रयोग गरिदै आएको छ । तर के त्यतिकै भरमा यसलाई अस्विकार गर्ने या त्यसलाई पनि मुक्तिको उपकरणको रुपमा ग्रहण गर्ने ? सुधारवादी संघर्षको उपादेयतालाई जण्ड क्रान्तिकारीको नाममा अस्विकार गर्नु जायज हुन्छ ? मदन भण्डारीले बिना लक्कनछप्पन व्यवहारिक सोंचको अगुवायी गरे । पुँजीवादी प्रजातन्त्रका ‘रुप पक्ष’लाई क्रान्तिकारी सारुमा कलमी गरे । बहुदलीय प्रणाली, कानुनि शासन, मानव अधिकार, शक्तिको प्रथाकिकरण जस्ता विषयलाई ‘क्रान्तिकारी जनसत्ता, मिश्रित अर्थतन्त्र र आधुनिक संस्कृति’ निर्माणमा सजाए । त्यसलाई उनले ‘जनताको बहुदलीय जनवाद’मा लिपिवद्ध गरे । तर त्यसपछि उनले त्यति मौकै पाएनन् । पार्टीका अर्का नेता जीवराज आश्रित सहित उनको रहस्यपूर्ण हत्या गरियो ।

त्यसपछिका झन्डै ३ दशक गुज्रेका छन् । मदनको अवसानपछि मदनले कोरेको लक्षमण रेखामा कम्युनिष्ट आन्दोलन टिक्न सकेन । यो दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकावको तानातानमा पर्यो । दक्षिणपन्थी अवसरवादी विचलनले उग्रवामपन्थी भड्कावको निम्ति वारुद तैयार गरिदियो भने उग्र वामपन्थी भादकावले दक्षिणपन्थी अवसरवादी विचलनलाई खोर बाख्री खोर गर्यो । मदन भण्डारीलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुपायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरे । देख्नलाई तिनको ‘देवपुजन’ त देखिन्छ तर ‘उनको आत्मा’ कहिले पोलेर खाए । यो त्यति बेलै देखि सुरु भयो जव तिनले उनको ‘बहुदलीय जनवाद’को ‘रुप पक्ष’लाई सिद्धान्तको सार र शास्वत पक्ष भनेर भाष्य बाढ्न थाले । अर्को दुखद् पक्ष यस बीचमा उग्र वामपन्थी भडकावले पनि सम्यक पाठ सिक्न सकेन । सुखद् कुरा, यस आन्दोलनका दुई ठुला धार एकीकृत भुर मुलधार बनेका छन् । यो अहिले सत्तासिन शक्ति त छँदै छ तर आफै भित्र भने उद्विग्न र उद्वेलित पनि छ । सम्यक ‘प्रज्ञा’ र सम्यक’ साधना’को निम्ति पनि ‘ त्यसको निम्ति सामुहिक नेतृत्व र संस्थागत विधिको ‘धर्म; अनुसरण गर्नु मात्रै उत्तम उपाय हो । मदन भण्डारीको स्मृति यसर्थ पनि विशेष अर्थ राख्दछ । श्रद्धा सुमन कमरेड मदन भण्डारी !
वि.सं.२०७७ जेठ ३ शनिवार १६:२० मा प्रकाशित






























