back
CTIZAN AD

लघुकथाः शिक्षिका

वि.सं.२०७७ जेठ १० शनिवार

729 

shares

लक डाउन भएको पनि धेरै दिन भयो । अब कहिले खुल्ने हो ? मनमनै सोचेर बसेको राधाको मनमा एकासी स्कुल बन्द भएर उसको जीवनमा परेको प्रभाव बारे पनि सोच्नु बाध्य भइ ।

छोराको एडमिसन गर्नु पर्ने भार । ती माथि स्कुल बन्द भए देखि प्राइभेट स्कुलको तलब अचानक रोकिन्दा उसको जीवनमा शिक्षिका जस्तो गरिमामय पेशामा आइपरेको दुःख कहिले नभुल्ने चोट जस्तै भयो ।

सरकार वा गैरसरकारीबाट आएको राहतका सामाग्री लिनु जानू पनि लाइनमा बस्दा अभिभावकहरूले ताना मारेका कुराले उसको मनमा अझै चोट लाग्ने डरले उ चुपचाप बस्नु नै उचित सम्झी ।

बुढा नहुनूको आभास आज मनबाट सम्झी । बुढा बिते देखि आमा छोराको सहारा नै त स्कुल हो । अब कसलाई माग्नु जानु । यो बजारमा जानु पनि कता जानु ?

स्कुल बन्द भए मासिक शुल्क दिनु पनि बन्द होइन र गुरुमा भनेको कुरा उसको कानमा अझै छ । अभिभावकहरूको कुरा काटनु नसकेर उ दाँत मात्र देखाउनु बाहेक उसकोमा त्यो दिन के नि पो थियो र ?

यदि स्कूलमा मासिक शुल्क नआए स्कुलले कसरी हाम्रो तलब दिन्छ र ?
अब खाने बाटो पनि बन्द भएको दृश्य उ आफैं हेर्नू सिवाय अरू केही थिएन उसकोमा, उ मनमनै रुन थाली ।

वि.सं.२०७७ जेठ १० शनिवार ०९:४६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...