back
CTIZAN AD

नेपालमा असार ५ सम्मको कोरोना अपडेटः ८२७४ जना संक्रमित, २२ को मृत्यु, आइसोलेशनमा ६,८५० जना

वि.सं.२०७७ असार ५ शुक्रवार

912 

shares

५ असार, काठमाण्डौं । नेपालमा शुक्रबार ( ५ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ९ हजार ६२३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १० हजार ६३० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट १ लाख ६१ हजार ७४९ र आरडिटी प्रविधिबाट २ लाख ४७ हजार ८७४ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ६,२३१ वटा पिसीआर र ४,३९९ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ६,८५० जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ५०३ पुगेको छ ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १ लाख ९ हजार ४६१ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या ८२७४ पुगेको छ भने आज निको भएर २१६ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १,४०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै मृतकको संख्या २२ रहेको छ ।

काठमाण्डौंका तीनसहित ४२६ जना नयाँ संक्रमित, संक्रमितको संख्या ८२७४ पुग्यो
नेपालमा आज ४२६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी संक्रमण पुष्टि भएका जिल्लामा गुल्मीमा ९४ जना, बैतडीमा ६३ जना, कैलालीमा ४६ जना, सिन्धुपाल्चोकका २१ जना र कन्चनपुरमा २० जना रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका १ महिला, मोरङका १ महिला र १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका १ महिला र १० पुरुष गरी ११ जना, सप्तरीका १ महिला र ३ पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका अछामका १ महिला र ६ पुरुष गरी ७ जना, बाग्लुङका २ महिला र १६ पुरुष गरी १८ जना, बैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, बझाङका १ महिला र २ पुरुष गरी ३ जना, बाजुराका ८ पुरुष, डडेल्धुराका ९ पुरुष, धादिङका १ महिला, डोटीका ३ महिला र १२ पुरुष गरी १५ जना, गोर्खाका १ महिला र १० पुरुष गरी ११ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, कास्कीका १ महिला र १ पुरुष, काठमाण्डौंका २ महिला र १ पुरुष, मकवानपुरका २ महिला, मोरङका १, महिला, म्याग्दीका १ पुरुष, नवलपरासीपूर्वका २ पुरुष, सिन्धुपाल्चोकका १० महिला र ११ पुरुष गरी २१ जना, तनहुँका ३ महिला र १६ पुरुष गरी १९ जना, पर्वतका ३ महिला र २ पुरुष गरी ५ जना, उदयपुरका २ महिला, सिन्धुलीकी १ र चितवनका १ पुरुष रहेका छन् ।

किटजन्य रोग अस्पताल तथा तालिम केन्द्र हेटौडामा मकवानपुरका १ महिला र ५ पुरुष गरी ६ जना, त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा संक्रमण देखिएका बैतडीका १ महिला र ४ पुरुष गरी ५ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङजाका १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा कास्कीका २ महिला र ४ पुरुष, नवलपरासीपूर्वका २ महिला, स्याङजाका १ पुरुष र बाग्लुङका २ महिला र ६ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाण्डौंका तीनसहित ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

त्यसैगरी प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका १, स्याङजाका ६ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र ४ पुरुष, गुलमीका १६ महिला र ७८ पुरुष गरी ९४ जना, कपिलवस्तुका ४ पुरुष, नवलपरासी पश्चिमका १ पुरुष, रुपन्देहीका २ महिलामा संक्रमण पुष्टि भएको छ ।

सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका १ पुरुष, कैलालीका २ महिला र १ पुरुष गरी ३ जना, कन्चनपुरका १ महिला र १९ पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएकामा ८८ जना महिला र ३३८ पुरुष गरी जम्मा ४२६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या ८,२७४ पुगेको छ । महिला ७०७ र पुरुष ७,५६७ जना रहेका छन् । संंक्रमित व्यक्ति भेटिएका जिल्ला ७४ पुगेको छ ।

आज २१६ जना डिस्चार्ज, कोरोनाबाट निको हुनेको संख्या १४०२ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट २०० जना निको घर फर्किएका हुन् । उनीहरुमा महिला ९ जना पुरुष २०७ जना रहेका छन् ।
आज निको हुनेमा गोठगाउँ आइसोलेशन सेन्टरबाट भोजपुरका ४ जना, झापाका १२ जना, मोरङका ९ जना, सुनसरीका १५ जना गरी जम्मा ५० जना रहेका छन् ।

आज एकैदिन २१६ जना डिस्चार्ज, नेपालमा कोरोनाबाट निको हुनेको संख्या १४०२ पुग्यो

कोशी अस्पतालबाट झापाका ४ पुरुष, संखुवासभाका २ पुरुष, मोरङका १ महिला १ पुरुष, आइसोलेशन सेन्टर जानकी बाँकेबाट ४१ जना पुरुष, अल्पमाई नर्सिङइन्स्च्युट सर्लाहीबाट ४ महिला र ३५ पुरुष गरी ३९ जना, कोभिड १९ अस्पताल सपही जनकपुरबाट धनुषाका १ महिला र ३७ पुरुष गरी ३८ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी धरहरी स्कुल रौतहटबाट १ महिला र २९ पुरुष गरी ३० जना, जलेश्वर अस्पताल महोत्तरीबाट ४ जना पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट १३ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट २ महिला र १ पुरुष गरी ३ जना निको भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २१६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४०२ पुगेको छ ।

नेपालमा हालसम्म ७८४८ जनामा कोरोना संक्रमण, २२ को मृत्यु, हेर्नुहोस् यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ असार ५ शुक्रवार १८:२१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...